
BREAKING | अष्ट्रियाको भियनामा एकै पटक ६ स्थानमा आतंकी हमला
१८ कार्तिक २०७७, मंगलवार २०:५३
भियना । अष्ट्रियाको राजधानी भियनामा सोमबार राती भएको घटनामा ५ जनाको मृत्यू भएको बताइएको छ, यि ५ जनामा बन्दुकधारी हत्यारा पनि समावेश छन् । २ महिला, दुई पुरुष तथा एकजना बन्दुकधारीको मृत्यू भएको हो ।
अष्ट्रियन चान्सलर सिवास्टीयन क्रुजका अनुसार मारिनेहरुमा एक जना वृद्ध, एक वृद्धा, एक युवा बटुवा र एकजना वेट्रेस हुन् । घटनापछि हत्याराको खोजिका लागि सेना परिचालन गरिएको थियो, अधिकारीहरुका अनुसार बन्दुकधारी २० वर्षका ईस्लामीक आतंकवादी थिए जस्को उत्तरी मेकडनियनको र अष्ट्रियाको दुबै नागरीकता थियो ।
उक्त घटनामा संलग्न आतंकीको आतंक स्थानीयले भिडियोमा कैद गरेका थिए, उक्त आतंकी पछि प्रहरीको कारवाहीमा मारिएका थिए
BREAKING: Reports of a shooting at a #Vienna synagogue with casualties. This is a video from the scene. My heart is caught in my throat and I am praying for all involved. pic.twitter.com/YomV3QBVQj
— Aviva Klompas (@AvivaKlompas) November 2, 2020
मोटरसाइकलमा सवार प्रहरीहरुको सक्रियतामा एकजना आतंकी समातिएका थिए
Attacker caught by police who carried out #terrorist attack in #vienna. #Austria#redislamic
#ViennaAttack #Viennashooting pic.twitter.com/6fEsXqE5Hi— श्याम प्रताप सिंह (@jr_bhadouria) November 2, 2020
१४ जना सर्वसाधरणहरु यस घटनामा अन्दाधुन्द चलाइएको गोली, चक्कु र हतियारका कारणले घाइते भएका हुन्, घाइते हुनेमा एकजना प्रहरी अधिकारी पनि छन्, स्थानीय समय अनुसार साँझको ८ बजे यो घटना घटेको हो । बिभिन्न ६ ठाँउमा यस प्रकारको घटना घटेको अट्रियाली समाचार एजेन्सीले जनाएको छ, यसरी बाटाबाटामा उत्रिएका आक्रमणकारीहरु सबैजनाको पहिचान र पक्राउ भएको छैन ।
त्यहाँका आन्तरिक मामिलाका मन्त्री कार्ल नेह्उामरका अनुसार आक्रमणकारीहरु भारी हतियारका साथ अत्यन्त धेरै क्षती पूर्याउने हेतुले संगठित भएर आएका थिए, भियनामा यि आक्रमणकारीहरु सम्पूर्ण पक्राउ नहुन्जेलसम्म कफ्र्यू जारी गरिएको छ ।
सिरियामा ठूलो मानवीय क्षति हुन थालेपछि यूरोपि देशहरुले ठूलो संख्यामा मुस्लिम देशका आप्रवासीहरुलाई ब्यापक संख्यामा स्वागत गरेका थिए । अहिले त्यहाँको मेडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले “How it started, How it’s going” अर्थात मुसलमान आप्रवासीहरुको स्वागत सुरुवात कसरी भयो र अहिले कतातर्फ जाँदैछ #Viennashooting भन्ने डिबेट शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल