भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा, बलाधिकृत रथी प्रभुराम शर्माद्वारा स्वागत


काठमाण्डौ । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे ३ दिने नेपाल भ्रमणका क्रममा आज काठमाण्डौ आउनुभएको हो । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।

तस्वीर स्रोतः नेपाली सेना

नरवणे पत्नी विनासहित नेपाल आउनुभएको हो । वहाँको स्वागतार्थ पत्नी सुनिता शर्मा सहित रथी प्रभुराम शर्मा विमानस्थल पुग्नुभएको थियो ।

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई यही कार्तिक २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम रहेको छ ।

नरवणेको नेपाल आगमनको भिडियो हेर्नुहोस्

नरवणेको नेपाल आइपुग्नुभएको सम्बन्धमा नेपाली सेनाद्वारा जारी विज्ञप्तीको पूरा पाठः


सम्बन्धीत समाचार

१) नरवणेको नेपाल भ्रमण : नेपाल-भारत सम्बन्धमा सकारात्मक फड्कोको स्पष्ट संकेत
२) महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल?

 


Loading comments...