पत्रकार अर्नव गोस्वामी पक्राउ


भारत । मुम्बई पुलीसले अर्नवलाई बुधवार पक्राउ गरेको हो, रिपब्लिकन टेलीभिजनका प्रधानसम्पादक अर्नव गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरिएको हो । उनको टिभीका अनुसार गोस्वामीको घर पुगको मुम्बई प्रहरीले उनीमाथि र उनका परिवारजनमाथि दुर्व्यवहार गरेको छ ।

रिपब्लिकन टेलीभिका अनुसार पहिले नै सकिसकेको मुद्दामा अर्नवलाई पक्राउ गरिएको हो, उक्त टिभीमा देखाइएको फुटेजमा अर्नवलाई प्रहरी भ्यान भित्र राखिरहेको देखिन्छ । गोस्वामी माथि सन् २०१८ मा एकजना डिजाइनर र उनको आमालाई आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यसअघि नेपाल-भारत सिमा मुद्दाको विषयमा नेपालका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालसँग हेपाहा रुपमा लिएको अन्तर्वार्ता कारण गोस्वामीको नेपालमा पनि विरोध भएको थियो ।

भारतीय मिडियामा अत्यन्त विवाद अनि चर्चामा रहने गोस्वामी भारजसँग निकट मानिन्छन्, गोस्वामीको पक्राउले अब कतिको राजनीतिक गती लिने हो ? भविष्यले बताउनेछ ।


Loading comments...