ह्वाइट हाउस छिर्ने दौडः यो जीत कस्को?


अमेरिका । ताजा परिणाममा जोय बाइडेन लगभग झिनो मत प्रतिशतका साथ ट्रम्प भन्दा अगाडि छन्, २५० इलेक्टोरयलहरुको मत गणना बाँकी छ ।

वर्तमान राष्ट्रपति र भावी राष्ट्रपतिका दावेदान डोनल्ड ट्रम्पले आफ्नो विजयको स्वघोषणा मात्रै गरेनन कि आफूले हारेमा सर्वोच्च न्यायलयसम्म जाने उन्को भनाँई छ। ट्रम्प अमेरिकामा जति नै आलोचित छन् त्यति नै यिनको लोकप्रीयता पनि कम छैन, बाइडेनसँग केवल केहि प्रतिशत मतले मात्र ट्रम्प पछि छन्, इलेक्टोरेयलहरु बाँकी छ, ट्रम्प अझै दावेदारीको सिटमा बलिया छन् ।

हाइलाइट्स

  • डेमोक्रेटिक उम्मेदवार जो बाइडनले भने, “अब स्पष्ट छ की मसँग अमेरिकी राष्ट्रपति पद जीतनका लागि पर्याप्त राज्य छ”
  • मिशिगनमा जीतको संभावना अघि नै बाइडनले भने, “जब मतगणना समाप्त हुनेछ, मलाई विश्वास छ कि जीत हाम्रै हुनेछ”
  • अन्तिम नतिजा एरिजोना, जर्जिया, विस्कान्सिन तथा पेन्सिलभेनिया लगायतका राज्यहरुले तय गर्नेछन्
  • राष्ट्रपति ट्रम्पको सम्बन्धमा अनुमान छ कि उनी अहिले टेक्सस, ओहायो तथा फ्लोरिडामा जीततर्फ अग्रसर छन्
  • ट्रम्पले बिना प्रमाण विरोधिहरुमाथी चुनावमा धोखेबाजीको आरोप लगाएका छन् र भनेका छन् कि म यस विषयलाई सुप्रीम कोर्टमा चुनौती पेश गर्नेछु
  • ट्विटरले ट्रम्पद्वारा जारी केही ट्वीटहरु लुकाइदिएको छ, लुकाइएका ति ट्वीटहरुमा ट्वीटर लेख्दछ, “यो कम्पनीको सिविक इन्टेग्रीटि नीतिको उल्लंघन हो र दिइएका जानकारीहरु भ्रामक हुनसक्छन्”
  • बाइडनको क्याम्पेनले राष्ट्रपति ट्रम्पको बयानलाई ‘अपमानजनक’ भन्दै ‘मतगणना कुनै हालतमा रोकिने छैन बताएको छ’
  • उम्मेदवारलाई व्हाइट हाउसको ढोका खुल्नका लागि २७० इलेक्टोरल कलेज वोटको आवश्यक्ता हुन्छ
  • अमेरिकामा एक शताब्दिपछि सबैभन्दा बढि मतदान खसेको अनुमान गरिएको छ । अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ
  • यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन्
  • अहिलेसम्म ५० मध्ये ४१ राज्यबाट मतपरिणाम आइसकेको छ। अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए
  • मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति ब्यापक असन्तुष्टि रहेको देखाउँछ
  • राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखिन्छ, तर कडा प्रतिस्पर्धा हुने विभिन्न ‘ब्याटलग्राउन्ड स्टेट’ को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ

१० करोड अमेरिकीहरुले आफ्नो भावी राष्ट्रपतिको लागि मेल मार्फत र प्रत्यक्ष भोट मार्फत आफ्नो मत दिइसकेका छन् । अमेरिकी राष्ट्रपतिय चुनाव पपुलर भोट भन्दा पनि इलेक्टोरल कलेज का कारणले निर्णायक हुन्छ, इलेक्टोरल कलेजमा ५३८ एलेक्टोरहरु हुन्छन् र जीत्नका लागि कम्तिमा २७० एलेक्टोरल कलेज चाहिन्छ, हेरौं क सन् २०१६ मा झैं ट्रम्पले यस पटक पनि बाजी मार्लान त ?

मत गणनाका क्रममा नै ह्वाइट हाउसको पूर्वी च्याम्बरवाट ट्रम्पले आफूहरुले जितिसकेको र मतगणनामा धाँधली भए सर्वोच्च न्यायलय जाने बताइसकेका छन् ।

कोरोना विरुद्धको रेस्पोन्समा कमजोर भएको प्रतिस्पर्धि वाइडेनले ट्रम्प विरुद्धको मुख्य आरोपका रुपमा प्रस्तुत गरेका छन्, वाइडेन आफू बिज्ञानमा विश्वास राख्ने र वैज्ञानीक खोज मार्फत कोरोना संग लड्ने नाराका साथ अघि कढेकोमा पछिल्लो समय निकै रुचाइएको भनी बताइएको छ । ताजा मत परिणाम हेर्दा ट्रम्प वाइडेनभन्दा ओरालो लागिसकेको देखिन्छ यद्धपी अझै पनि इलेक्टोरलहरुको गणना बाँकी छ ।

अमेरिकी अर्थव्यबस्था, आन्तरिक आम्दानी र अमेरिकाका नेटिभहरुका लागि ट्रम्पले निकै गरेको र उनीहरु माझ रिपव्लीकनहरु निकै रुचाइएको तथ्याकं पाइन्छ, अमेरिकाका भारतीय समुदायहरुसंग नरेन्द्र मोदी अमेरिकामा हुँदा ट्रम्पले र्याली साझेदार गरेर निकै चर्चा कमाए । अब हेरौं यसपटकको बाजीमा वाइडेन पनि हिलरी जस्तै ट्रम्पका अगाडि हावा खाने हुन् या आगामी अमेरिकी राष्ट्रपति वाइडेन नै हुनेछन् ?

ताजा नतिजा अनुसार वाइडेन ट्रम्प भन्दा अगाडी देखिन्छन्

 


Loading comments...