के भारतीय मुलकी चेली कमला ह्यारिश आगामी अमेरिकी उपराष्ट्रपति हुन त?


सुयोग ढकाल । अमेरिकी राजनितिको मूलधारमा अहिले भारतीय मूलकी कमला देवी ह्यारिश – Kamala Devi Harris निकै चर्चामा छिन्, डेमोत्रर्याट प्यानलवाट उपराष्ट्रपतिकी उम्मेदवार कमलाको संभावना जोय वाइडेनको बढ्दो मत संगैं वलियो हुँदै गएको छ ।

भारतको थुलासेन्ड्रपुरम गाउँ तमिल नाडुमा कमलाकी आमापटिका हजुरबुवाको जन्म भएको गाँउ हो, त्यहाँ त वाइडेनको मत अग्रता संगै बिभिन्न र्र्याली र उत्सवहरु मनाउन थालिसकीएको छ ।

बाटाबाटामा कमलाको वियज र वाइडेनको समर्थनमा चित्रहरु बनाइएको छ, चेन्नईभन्दा ३२० किमी पर रहेको यस गाँउमा सैयौं वर्ष अघि कमलाका आमापटिका हजुरबुवाको जन्म भएको थियो ।

ह्यारिशका हजुबुवा पिभी गोपालन नामका व्यक्ति थिए जो आजभन्दा ९० वर्ष अघि गाँउवाट चेन्नई सपरिवार पुगे, सरकारी कर्मचारीमा उच्च ओहोदामा पुगेका उनी चेन्नईमा नै सेवानिकृत भए ।

भारतीय आमा र जमैकन पिताकी पुत्री ह्यारिश ५६ वर्षकी भइन, यिनका पिता अमेरिकामा अध्ययनको सिलसिलामा पुगेका थिए । करिब ५ वर्षको उमेरमा हजुरबुवासँग गाउँ पुगेकी कमलाले केहि पटक हजुरबुवासँग सानामा चेन्नईको समुन्द्र किनारमा हिँडेको यादहरु धमिलो रहेको बताएकी छिन् ।

यूएस सिनेटकी प्रथम गैरस्वेत महिला उम्मेदवार कमला क्यालीफोर्नियावाट निर्वाचित हुन् । राष्ट्रपतिय दौडमा नै वाइडेन विरुद्ध उभिएकी कमला पछि डेमोक्र्याटहरुको उपराष्ट्रपतिय उम्मेदवारका रहन गइन । अफ्रिकन अमेरिकन महिला अनि भारतीय मूलको साथ रहेको ह्यारिश अब वाइडेनको जीत भएम अमेरिकाकी आगामी उपराष्ट्रपति हुनेछिन् ।


Loading comments...