
राष्ट्रपतिको सक्रियताप्रति नेता रावलको आपत्ति
२१ कार्तिक २०७७, शुक्रबार १४:५०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा नेता) पार्टीभित्रको विवादमा राष्ट्रपति सक्रिय भएको भन्दै नेता भीम रावलले आपत्ति जनाएका छन् ।
नेता रावलले ट्वीट गर्दै राष्ट्रपतिको सक्रियताप्रति आपत्ति जनाएका हुन् । नेकपाभित्र नेतृत्वको विवाद र बहस चर्किरहेका बेला एक पक्षीय नेतालाई राष्ट्रपतिले भेट गर्नु आपत्ति जनक भएको उनको भनाइ छ ।
‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ’, रावलले ट्वीटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिनेछ ।’
नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।
— Bhim Rawal, PhD (@BhimRawal179) November 6, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई