Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

प्रधानमन्त्री ओली तथा भारतीय स्थल सेनाध्यक्ष नारवणेबीच शिष्टाचार भेट

२१ कार्तिक २०७७, शुक्रबार १९:५०

काठमाण्डौ । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे र नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ ।

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले आज नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भारतीय सेनाध्यक्ष नरवणेसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा तथा अन्य भारतीय अधिकारीहरुको पनि उक्त भेटवार्तामा उपस्थिति थियो । जनरल मनोज मुकुन्द नरवणे र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबीचकाे शिष्टाचार भेटवार्ताका क्रममा भारत र नेपालबीचकाे द्विपक्षीय सम्बन्धबारे फलदायी छलफल भएको थियो ।

जनरल नरवणेले नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र नेपाली जनतालाई भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश सुनाउनुभयो । नेपाल सरकारको न्यानो आतिथ्यका लागि पनि जनरल नरवणेले कृतज्ञता व्यक्त गर्नुभयो । सो भेटवार्तामा भारत र नेपालबीचको विस्तृत द्विपक्षीय साझेदारीबारे दुवै पक्षले छलफल गरेका थिए । जनरल नरवणेले दुई देशबीचको रक्षा सहकार्यलाई अझ सुदृढ पार्ने कुरामा जोड दिनुभयो । प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि जनरल नरवणेले शिवपुरीस्थित ‘नेपाली आर्मी कमान्ड एण्ड स्टाफ कलेज’ को भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीहरुलाई सम्बोधन गर्नुभएकोथियो ।

आफ्नो भ्रमण समापन गर्नु अघि जनरल नरवणे भारतीय राजदूतावास पुगी नेपालमा रहेका करिब दुई लाख तीस हजार भारतीय सेनाका भूतपूर्व सैनिकहरु तथा उनीहरुका
परिवारजनका लागि परिचालित कल्याणकारी कार्यहरु बारे जानकारी लिनुभएकोथियो । सो क्रममा जनरल नरवणेले भारतको दोस्रो उच्च वीरता पुरस्कार ‘महावीर चक्र’ पदकबाट सम्मानित अवकाश प्राप्त हवल्दार दिलबहादुर क्षेत्रीलाई कल्याणकारी अनुदान प्रदान गर्नुभएको थियो । जनरल नरवणेले आफ्नो तीन दिने औपचारिक नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरी आजै बेलुका भारत फर्किनुभयो ।

तस्वीर स्रोतः भारतीय दूतावास

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ