
UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीतको नजिक पुग्दै बाइडेन, पेन्सिल्भेनिया तथा जर्जियामा अग्रता लिए
अमेरिका । अमेरिकाको राष्ट्रपति चुनाव (US Election 2020) अब कानूनी लडाईमा फस्न थालेको देखिएको छ । कैंयन राज्यहरुमा दोस्रो कार्यकालका लागि प्रत्यासी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको बाटो रोजेका छन् । उता जो बाइडेनले आफ्ना समर्थकहरुलाई धैर्य राख्नका लागि आह्वान गरेका छन् । अहिले झण्डै आधा दर्जन राज्यहरुमा मतगणना जारी छ, जहाँ लगातार स्थिति बदलिदै गरेको देखिन थालेको छ । आज साँझ ७ बजेसम्म जो बाइडेनले जर्जियामा पनि अग्रता बनाउन सफल भएका छन् ।
हाइलाइट्स
- अमेरिकामा कानूनी लडाईतर्फ उन्मुख चुनाव
- जो बाइडेनले जर्जिया तथा पेन्सिलभेनियामा अग्रता लिएका छन्
- ट्रम्पले कैंयन राज्यहरुमा अदालती बाटो रोजेका छन्
- १२ नोभेम्बरसम्म अन्तिम नतिजा सार्वजनिक हुनसक्ने आशा
- स्वतंत्र तथा निष्पक्ष चुनाव हाम्रो लोकतन्त्रको जग: इवांका ट्रम्प
- अमेरिकाको रिकर्डब्रेक चुनाव, १२० वर्षको इतिहासमा सबैभन्दा बढी मत खस्यो
- बाइडेनले समर्थकहरुसँग अपील गर्दै भनेका छन्, “धैर्य राख्नुहोस्”
उता ट्विटरमा राष्ट्रपति ट्रम्पले पोष्ट गरेका दुई भिन्न ट्वीटमाथी एक किसिमको बन्देज जस्तै लागेको छ । ती ट्वीटहरुमा न कुनै प्रयोगकर्ताले लाइक गर्न सक्छ न त री-ट्वीट नै गर्न सकेका छन् ।
आफू अनुकूल राज्यहरुको नतिजा नदेखिएपछि बिहिबार ट्रम्पले अमेरिकी समय अनुसार साँझ ७ः५७ बजे “STOP THE COUNT!” अर्थात ‘गणना बन्द गरियोस्’ ट्वीट गरेका थिए ।
STOP THE COUNT!
— Donald J. Trump (@realDonaldTrump) November 5, 2020
स्वतंत्र तथा निष्पक्ष चुनाव हाम्रो लोकतन्त्रको जग: इवांका ट्रम्प
अमेरिकामा जारी मतगणनाका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पको सुपुत्री इवांका ट्रम्पले ट्वीट गरेकी छिन् । उनको ट्वीटमा लेखिएको छ, “कानूनी रूपले दिइएका हरेक भोटको गणना होस् । अवैध रुपले खसालिएका भोटको गणना हुनु हुँदैन । यो विवादास्पद हुनु हुदैन ।” उनले उक्त ट्वीटमा लेखेकी छिन, “यो कुनै पक्षपातपूर्ण बयान होइन । स्वतन्त्र तथा निष्पक्ष चुनाव हाम्रो लोकतन्त्रको जग हो ।”
Every legally cast vote should be counted. Every illegally cast vote should not. This should not be controversial.
This is not a partisan statement — free and fair elections are the foundation of our democracy. ??
— Ivanka Trump (@IvankaTrump) November 6, 2020
जर्जियामा थिएन बाइडेनको ध्यान, तै पनि मारे बाजी
न्यूयोर्क टाइम्स अनुसार, चुनावी अभियानमा डेमोक्रेटले जर्जियामाथी बढी ध्यान दिएका थिएनन । जो बाइडेनले चुनावको एक हफ्ता अघिसम्म पनि जर्जिया राज्यको यात्रा गरेका थिएनन । तर अब उनले यहाँ राम्रो अग्रता बनाउन सफल भएका छन् । यस्तोमा जर्जिया डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदका लागि आवश्यक २७० चुनावी मतहरुसम्म पुग्नबाट रोक्न सक्छ ।
अमेरिकाको जर्जियामा ठूलो परिवर्तन भइसकेको छ । केही अघिसम्म यहाँ डोनाल्ड ट्रम्पको अग्रता कायम थियो, तर यतिबेला जो बाइडेनले अग्रता लिसकेका छन् । जो बाइडेनले झण्डै १ हजार मतको अग्रता बनाएका छन् र यहाँ पर ९९ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । यदि जो बाइडेनले यहाँ जीत निकाल्ने हो भने उनलाई १६ थप इलेक्टोरल भोट प्राप्त हुनेछ ।
अमेरिकाको रिकर्डब्रेक चुनाव, १२० वर्षको इतिहासमा सबैभन्दा बढी मत खस्यो
ट्रम्पमाथी बाइडेन तथा ह्यारिसको आक्रामक ट्वीट
राष्ट्रपतिका उमेद्वार जो बाइडेन तथा उपराष्ट्रपतिको उमेद्वार कमला देवी ह्यारिसको तर्फबाट आएको ट्वीटमा आफ्नो समर्थकहरुसँग फन्डिङको अपील गरिएको छ । दुवैले ट्वीटमा लेखेका छन्, “लामो समयदेखि यो लडाईमा विश्वास गर्नुभएको छ, मानिसहरुले निर्वाचन दिन भन्दा अघिबाटै मतदान पनि गरे । तर अब डोनाल्ड ट्रम्प मतगणना रोकना चाहन्छन्, हामीलाई जवाफी लडाइको लागि तयार रहनुपर्छ ।”
Donald Trump is going to court to stop votes from being counted. We have assembled the largest election protection effort in history to fight back and need your help.
Chip in to make sure every vote is counted: https://t.co/ksrwxu9nDE
— Joe Biden (@JoeBiden) November 6, 2020
बाइडेनले समर्थकहरुसँग अपील गर्दै भनेका छन्, “धैर्य राख्नुहोस्”
एकातर्फ वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पटक-पटक ट्वीट तथा प्रेस कन्फ्रेन्सका मार्फत मतगणना रोक्न अपील गरिरहेका छन्, अर्कोतर्फ जो बाइडेनले आफ्नो समर्थकहरुलाई धैर्य राख्न अपील गरेका छन्
Keep the faith, folks.
— Joe Biden (@JoeBiden) November 6, 2020
हिजोको सबै अपडेटहरु – अध्यावधीकः ०५ नोभेम्बर राती ११:५० बजे

ताजा अपडेट अनुसार बाइडेनसँग यस समय २५३ इलेक्टोरल कलेज भोट छ जबकि ट्रम्पसँग २१४ भोट रहेका छन् । व्हाइट हाउसको यात्रा तय गर्नका लागि २७० कूल भोटको आवश्यक्ता पर्दछ ।
०५ नोभेम्बर ०८:२० राती सार्वजनिक
मतगणनाको एक दिन पश्चात चुनाव परिणाहरुमा कुनै ठूलो परिवर्तन देखिएको छैन । ६ राज्यहरुमा मतगणना जारी छ र केही ठूलो परिवर्तन भइहालेमा यही ६ राज्यले मात्रै अब तलमाथी गर्नसक्छ । जो बाइडेनका लागि राष्ट्रपति पदको यात्रा केही सजिलो देखिन थालेको छ तर कुनैबेला पनि राष्ट्रपति डोनाल्ड ट्रम्पका भोटरले खेल उल्टा गरिदिनसक्छन् ।
बाइडेनसँग यस समय २४३ इलेक्टोरल कलेज भोट छ जबकि ट्रम्पसँग २१४ भोट रहेका छन् । व्हाइट हाउसको यात्रा तय गर्नका लागि २७० कूल भोटको आवश्यक्ता पर्दछ ।
?? मिशिगनमा जो बाइडनको जीतको सम्भावना प्रबल छ । पारम्परिक रूपले यो राज्यलाई प्रजातान्त्रिक मानिन्छ । तर, सन् २०१६ मा हिलेरी क्लिन्टनले यही महत्वपूर्ण राज्यमा हार बेहोरिनुपरेको थियो ।
?? जर्जियामा निर्वाचन अधिकारिहरुका अनुसार सबै भोटको गणना नहुञ्जेल गणनाकार्य रातभर चलिरहने छ । गत राती त्यहाँ ९० हजार मत गणनाका लागि बाँकि रहेका थिए त्यस अवस्थासम्म बाइडेन २८ हजार मतले ट्रम्पभन्दा अगाडी थिए ।
?? नेभाडामा ट्रम्प र बाइडेनको टक्कर घमाशान छ जहाँ बाइडनको अग्रता केवल ७ हजार ६ सय ४७ भोटको रहेको छ । निर्वाचन अधिकारिहरुका अनुसार आगामी परिणाम बिहिबार स्थानीय समयानुसार बिहान ९ बजे जानकारी गराइने छ ।
?? एरिजोनामा अधिकांश भोटहरुको गणना जारी छ, तर यो स्पष्ट छैन कि जीतको अनुमान कहिलेसम्म आउने छ ।
?? विस्कन्सिनमा पनि बाइडेनले २० हजार ५ सय १० भोटको अग्रता बनाएका छन् ।
?? पेन्सिल्वेनियामा ट्रम्पको अग्रता बुधबार अपरान्हभन्दा कम भएको देखिन्छ । त्यहाँ ९० प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । अहिल उनी १ लाख ६४ हजार ४ सय १४ भोटले अगाडी छन् । बुधवार अपरान्ह स्थिति अर्कै थियो, त्यतिखेर उनी पेन्सिल्वेनियामा ३ लाख ७९ हजार ६ सय ३९ भोटले बाइडेन भन्दा अगाडी थिए ।
?? नर्थ क्यारोलाइनामा ९६ प्रतिशत मत गणना भइसकेको छ र त्यहाँ पनि ट्रम्प ७६ हजार ७ सय ३७ भोटले बाइडेन भन्दा अगाडी देखिएका छन् ।
?? ट्रम्पको क्याम्पेनले जर्जियामा कानूनी कारवाही शुरू गरेको छ । यो यस्तो चौथो राज्य हो जहाँ ट्रम्प समूहले कथित अनियमितताहरुको आरोप लगाएका थिए ।
?? डेट्रयट, मिशिगनमा दुवै उम्मेद्वारहरुको समर्थकहरुले प्रदर्शन गरेका छन् । त्यहीं फिलाडेल्फिया, पेन्सिल्वेनियामा मतगणना केद्रहरुको सामू डेमोक्रेट समर्थक जम्मा भएका छन् र ‘Count My Vote – मेरो भोटको गणना होस्’ भन्ने नारा लगाइरहेका छन् । एरिजोनामा ट्रम्पका समर्थकहरुले मतगणना केन्द्रहरु बाहिर ब्यापक प्रदर्शन गरेका छन् र मतगणना बन्द गर्ने माग गरेका छन् ।
?? सीनेटमा रिपब्लिकनहरुले आफ्नो पकड बलियो राखेका छन् जसपश्चात् काँग्रेसमा परिवर्तन हुनसक्ने सम्भावना अत्यन्तै कम देखिन्छ ।
हाइलाइट्स
- एरिजोनामा डोनाल्ड ट्रम्पलाई बाइडेनले पछाडी छाड्दै अग्रतातर्फ
- एरिजोना मतगणना केन्द्रको बाहिर ट्रम्प समर्थकहरुद्वारा ब्यापक प्रदर्शन
- एरिजोनाले ‘शारपाइ गेट’को सबै दावी खारेज गर्र्यो
- जीतको अन्तिम परिणाम अघि नै बाइडेनले शुरु गरे ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिशन वेबसाइट
- झुठो दावीहरुबाट दूषित भयो अमेरिकी चुनावः अन्तरराष्ट्रीय पर्यवेक्षक
- उपराष्ट्रपतिको उमेद्वार कमला देवी ह्यारिसको जीतका लागि भारतको तमिलनाडुमा विशेष पूजा
- लामो हुनसक्छ अन्तिम् नतीजाको घोषणा
- डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले भने, “अब स्पष्ट छ की मसँग अमेरिकी राष्ट्रपति पद जीतनका लागि पर्याप्त राज्य छ”
- मिशिगनमा जीतको संभावना अघि नै बाइडनले भने, “जब मतगणना समाप्त हुनेछ, मलाई विश्वास छ कि जीत हाम्रै हुनेछ”
- अन्तिम नतिजा एरिजोना, जर्जिया, विस्कान्सिन तथा पेन्सिलभेनिया लगायतका राज्यहरुले तय गर्नेछन्
- राष्ट्रपति ट्रम्पको सम्बन्धमा अनुमान छ कि उनी अहिले टेक्सस, ओहायो तथा फ्लोरिडामा जीततर्फ अग्रसर छन्
- ट्रम्पले बिना प्रमाण विरोधिहरुमाथी चुनावमा धोखेबाजीको आरोप लगाएका छन् र भनेका छन् कि म यस विषयलाई सुप्रीम कोर्टमा चुनौती पेश गर्नेछु
- ट्विटरले ट्रम्पद्वारा जारी केही ट्वीटहरु लुकाइदिएको छ, लुकाइएका ति ट्वीटहरुमा ट्वीटर लेख्दछ, “यो कम्पनीको सिविक इन्टेग्रीटि नीतिको उल्लंघन हो र दिइएका जानकारीहरु भ्रामक हुनसक्छन्”
- बाइडनको क्याम्पेनले राष्ट्रपति ट्रम्पको बयानलाई ‘अपमानजनक’ भन्दै ‘मतगणना कुनै हालतमा रोकिने छैन बताएको छ’
- उम्मेदवारलाई व्हाइट हाउसको ढोका खुल्नका लागि २७० इलेक्टोरल कलेज वोटको आवश्यक्ता हुन्छ
- अमेरिकामा एक शताब्दिपछि सबैभन्दा बढि मतदान खसेको अनुमान गरिएको छ । अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ
- यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन्
- अहिलेसम्म ५० मध्ये ४१ राज्यबाट मतपरिणाम आइसकेको छ। अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए
- मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति ब्यापक असन्तुष्टि रहेको देखाउँछ
- राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखिन्छ, तर कडा प्रतिस्पर्धा हुने विभिन्न ‘ब्याटलग्राउन्ड स्टेट’ को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ
अन्तिम परिणाम अघि नै बाइडेनले शुरु गरे ‘बिल्ड ब्याक बेटर‘ नामको ट्रान्जिशन वेबसाइट
अमेरिकी राष्ट्रपति चुनावमा जुन उम्मेद्वारले जीत दर्ता गर्दछ उसले जनवरीमा व्हाइट हाउस प्रवेशको तयारी अघि आफ्नो एक ट्रान्जिशन टोलीको गठन गर्ने गर्दछ ।
जस्तो कि हामीलाई थाहा छ कि चुनावमा अहिलेसम्म कोहि विजेता घोषणा भइसकेका छैनन तर दुवै उम्मेद्वारहरुको आफ्नो स्पष्ट जीत हुन्छ भन्ने विश्वास छ । अहिले दुवैले यस किसिमका दावी गरिरहेका छन् जसबाट पदको दौडमा आफू अगाडी देखिन सकियोस् ।
बाइडेनद्वारा सार्वजनिक वेबसाइट ‘बिल्ड ब्याक बेटर’ मा लेखिएको छ, “देश जुन किसिमको संकटबाट गुज्रिरहेको छ त्यसमा महामारीदेखि लिएर आर्थिक मन्दी तथा जलवायु परिवर्तनदेखि लिएर नस्लीय अन्याय जस्ता गम्भीर मुद्दाहरु समावेश छन् । ट्रान्जिशन टोलीले पूर्ण गतिका साथ तयारी गर्नेछ जिसबाट बाइडन-ह्यारिस प्रशासनले पहिलो दिनबाटै काम शुरु गर्न सकोस् ।”
बुधवार बाइडनले दोहर्र्याएका थिए कि उनि राष्ट्रपति बनेको पहिलो दिन नै “पेरिस जलवायु समझौता”मा अमेरिका शामेल हुनेछ ।
बुधवार अमेरिका आधिकारिक रुपमैं यस सम्झौताबाट बाहिरिएको थियो ।
झुठो दावीहरुबाट दूषित भयो अमेरिकी चुनावः अन्तरराष्ट्रीय पर्यवेक्षक
एक अन्तरराष्ट्रीय पर्यवेक्षक मिशन अनुसार अमेरिकी चुनाव ‘कानूनी अनिश्चितता तथा जनताको विश्वास कम गर्ने प्रयासहरुबाट दूषित थिए ।
अर्गनाइजेशन फर सिक्युरिटी ऐण्ड कोअपरेशन इन यूरोप (OSCE) अनुसार, “कोविड-१९ को चुनौतिहरुको बावजूद चुनाव ‘प्रतिस्पर्धी तथा व्यवस्थित’ रह्यो । तर, साथै यो पनि भनिएको थियो कि, “यसका साथै यो पूरा अभियान गहिरो राजनीतिक ध्रुवीकरणबाट घेरिएको थियो र प्रायः यसमा व्यापक नीतिगत बहसहरुको कमी देखियो तर, यसमा व्यवस्थित धोखाधडीको आधारहीन आरोप शामेल थिए ।”
मङ्गलवारको मतदान अघि, पोस्टल ब्यालेट तथा अर्ली भोटलाई लिएर कैंयन मुद्दाहरु परेका थिए जुन मतपत्रहरुलाई पोस्ट गर्न तथा ति मतपत्रहरु प्राप्त हुने समय सीमा लगायत त्यसमा साक्षिको के हस्ताक्षर जस्ता मुद्दाहरुमा आधारित रहेका थिए ।
अहिले ५० राज्यहरुमध्ये ४३ राज्यहरुको मात्र मत परिणाम सार्वजनिक भएका छन् । ताजा नतिजा तथा विस्तृत अपडेटका लाइभमाण्डू हेर्दैगर्नुहोला
राष्ट्रपति ट्रम्पले भनेका छन्, “मतगणना ति स्थानहरुमा रोकिनुपर्छ जहाँ ब्यालेटमा ‘धोखाधडी’ भएको छ ।” तर, उनले यस आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण भने पेश गरेका छैनन । अन्तरराष्ट्रीय पर्यवेक्षकहरुका अनुसार, “चुनावमा व्यापक धोखाधडीको कुनै प्रमाण छैन ।”
बीबीसीलाई मान्ने हो भने बाइडेन मिशिगनमा जीततर्फ अघि बढिरहेका छन् । साथै अमेरिकी मीडियाका अनुसार बाइडेन विस्कान्सिनमा पनि जीततर्फ अगाडी बढिरहेका छन् । पेसिल्भेनियाका सम्बन्धमा अहिलेसम्म कुनै परिणाम अगाडी आइसकेको छैन । ति तिनवटै राज्यहरुमा यदि बाइडेनले जीत हासिल गर्छन भने ह्वाइट हाउसको ढोका उनका लागि पक्का-पक्कि जस्तै हुनेछ ।
बुधवार अपरान्ह बाइडेनले डेलाभेयरमा भने, “जब मतगणना समाप्त हुनेछ, मलाई विश्वास कि जीत हाम्रो नै हुनेछ” । उनले अगाडी भने, “म एक अमेरिकी राष्ट्रपतिको गरिमाका साथ शासन चलाउने छु । राष्ट्रपति पद आफैमा कुनै पक्षपातपूर्ण संस्थान होइन ।”
त्यस्तै, पेन्सिल्भेनियाका सम्बन्धमा अहिले स्थिति त्यति स्पष्ट भने छैन । राष्ट्रपति ट्रम्पको क्याम्पेन म्यानेजर बिल स्टेपियन भन्छन्, “हामी पेन्सिल्भेनियामा जीतको घोषणा गर्दछौं । यो कुनै भावनाका आधारमा नभएर गणितको आधारमा बोलिएको हो । यदि हामी सबै कानूनी ब्यालेटको गणना गर्दैछौं भने जीत अवश्य हाम्रो हुनेछ ।”
ट्रम्प क्याम्पेनका वरिष्ठ सहयोगी जेसन मिलर भन्छन्, “यो हप्ताको अन्तिम् सम्ममा देशले स्पष्ट सन्देश पाउनेछ कि राष्ट्रपति ट्रम्प तथा उप-राष्ट्रपति पेंस आगामी थप चार वर्षका लागि पुनः रोजिएका छन् ।”
ताजा नतिजा अनुसार वाइडेन ट्रम्प भन्दा अगाडी देखिन्छन् – ५ नोभेम्बर बिहान ०८ः५३ बजे

१० करोड अमेरिकीहरुले आफ्नो भावी राष्ट्रपतिको लागि मेल मार्फत र प्रत्यक्ष भोट मार्फत आफ्नो मत दिइसकेका छन् । अमेरिकी राष्ट्रपतिय चुनाव पपुलर भोट भन्दा पनि इलेक्टोरल कलेज का कारणले निर्णायक हुन्छ, इलेक्टोरल कलेजमा ५३८ एलेक्टोरहरु हुन्छन् र जीत्नका लागि कम्तिमा २७० एलेक्टोरल कलेज चाहिन्छ, हेरौं क सन् २०१६ मा झैं ट्रम्पले यस पटक पनि बाजी मार्लान त ?
मत गणनाका क्रममा नै ह्वाइट हाउसको पूर्वी च्याम्बरवाट ट्रम्पले आफूहरुले जितिसकेको र मतगणनामा धाँधली भए सर्वोच्च न्यायलय जाने बताइसकेका छन् ।
कोरोना विरुद्धको रेस्पोन्समा कमजोर भएको प्रतिस्पर्धि वाइडेनले ट्रम्प विरुद्धको मुख्य आरोपका रुपमा प्रस्तुत गरेका छन्, वाइडेन आफू बिज्ञानमा विश्वास राख्ने र वैज्ञानीक खोज मार्फत कोरोना संग लड्ने नाराका साथ अघि कढेकोमा पछिल्लो समय निकै रुचाइएको भनी बताइएको छ । ताजा मत परिणाम हेर्दा ट्रम्प वाइडेनभन्दा ओरालो लागिसकेको देखिन्छ यद्धपी अझै पनि इलेक्टोरलहरुको गणना बाँकी छ ।
अमेरिकी अर्थव्यबस्था, आन्तरिक आम्दानी र अमेरिकाका नेटिभहरुका लागि ट्रम्पले निकै गरेको र उनीहरु माझ रिपव्लीकनहरु निकै रुचाइएको तथ्याकं पाइन्छ, अमेरिकाका भारतीय समुदायहरुसंग नरेन्द्र मोदी अमेरिकामा हुँदा ट्रम्पले र्याली साझेदार गरेर निकै चर्चा कमाए । अब हेरौं यसपटकको बाजीमा वाइडेन पनि हिलरी जस्तै ट्रम्पका अगाडि हावा खाने हुन् या आगामी अमेरिकी राष्ट्रपति वाइडेन नै हुनेछन् ?
ताजा नतिजा अनुसार वाइडेन ट्रम्प भन्दा अगाडी देखिन्छन् – ४ नोभेम्बर राती १०ः४४ बजे

अमेरिकी राष्ट्रपति निर्वाचनसँग सम्बन्धीत सार्वजनिक सबै सामाग्रीहरु
४) के भारतीय मुलकी चेली कमला ह्यारिश आगामी अमेरिकी उपराष्ट्रपति हुन त?
३) ट्रम्पका विरुद्ध खरो उत्रीएका को हुन जो बाइडेन ?
२) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीत नजिक बाइडेन, कानूनी उपचार खोज्दै ट्रम्प
१) ह्वाइट हाउस छिर्ने दौडः यो जीत कस्को?