बाइडेनले जितेमा इरान-इज्रेलको सम्बन्ध कस्तो होला?


सुयोग ढकाल । अमेरिकी जनताले आफ्नो राष्ट्रपतिय छनौट गरिसकेका छन्, ट्रम्पलाई उछिन्दै डेमोक्र्याट जोय बाइडेन बिजयको निकट छन् । अब यस परिपेक्ष्यमा अहिले मध्यपूर्वका देशहरुमा ट्रम्प प्रशासनले टारेको इरान यूद्धलाई बाइडेन प्रशासनले शखंनाद गर्ने चर्चा चलिरहेको थियो । यस चर्चाले तब नयाँ धार र वैधानिकता पायो जब इज्रेलका मन्त्रीले नै यस कुरालाई आफ्नो वक्तव्यमा जारी गरिदिएका थिए ।

नयाँ अरबको पैरवी गरिरहेको इज्रेलका नेताको त्यस आधिकारिक भनाइले अहिले मध्यपूर्वमा निकै चर्चा पाइरहेको छ । सेटलोन्ट मन्त्री ताग्ची हेनगवीले इरानियन न्यूक्लीयर डीलमा ट्रम्पको भन्दा बाइडेनको दृष्टि स्पष्ट र कडा रहेको बताउँदै बाइडेनको बिजयले इज्रेल इरानको यूद्धको शंखनाद हुने बताएका छन् । द जेरुसलेम पोष्टमा प्रकाशित मन्त्री हेनग्वीको उक्त भनाइमा बाइडेन ह्वाइट हाउस छिरेपछि गर्ने शुरुवाती कदमहरुमा नै इरान न्यूक्लीयर डिललाई पुनरविचार गरिने उल्लेख गरिएको छ ।

यसरी अमेरिकाले पूर्नविचार गरेको खण्डमा इज्रेलले पूर्णरुपमा आफ्नो मत राखेर इरानविरुद्धको कदम चाल्नेछ । अमेरिकी प्रशासन अब पनि सन् २०१५ को सम्झौता अन्तर्गत इरानसँगको नितिमा उत्रिएमा इज्रेलले आफै अघि सरेर इरान विरुद्ध आक्रमणकारी कदम चाल्ने मन्त्री ताग्चीले बताएका छन् ।

ओवामा प्रशासनले सन् २०१५ मा इरान न्यूक्लीयर सम्झौता गरेको थियो र यस सम्झौतामा ओबामा कार्यकालका उपराष्ट्रपति बाइडेन नै थिए । इज्रेली सदन र मन्त्री स्वयम् अनि प्रधानमन्त्री नेतेनयाहुका बिचारमा पनि एउटा गल्ती हो जहाँ इरानबाट हुने संभावित खतराहरुलाई कम आँकिएको छ भनी उल्लेख गरिएको छ ।

यस अप्रिलमा भने बाइडेनले अमेरिकी प्रशासनलाई कोराना त्रासका समयमा इरानलाई नाकाबन्दि खुकुलो पार्न आग्रह गरेका थिए । बाइडेनको इरानप्रतिको लचिलो नीति इज्रेललाई चित्त नबुझ्ने कुरा स्पष्ट छ । अमेरिकामा जारी मतगणना अब उनको जीतको औपचारिकताको नजिक रहेको छ । डेमोक्र्याट बाइडेन यदि निर्वाचित भएमा मध्यपूर्व नीतिमा कसरी अघि बढ्नेहुन् त्यो हेर्न बाँकी छ ।

ट्रम्पका हरेक निति र कदमहरु ईज्रेल परस्त रहेको र इज्रेलको राजधानी सार्नका लागि ट्रम्पले त संयूक्त राष्ट्र संघमा प्रस्ताव नै पेश गरेका थिए । पछि सदस्य राष्ट्रहरुद्वारा भएको असहमतीपूर्ण मतदान पछि विफल भएको थियो ।

इज्रेल बाइडेन भन्दा ट्रम्पसँग नै खुशी भएको स्पष्ट देखिन्छ, अब हेरौं चीनपरस्त भनेर अनेकन आरोप लागेका बाइडेनले जिते भने अमेरिकाको ग्लोबल पोजिशन कस्तो हुनेछ ।


Loading comments...