अर्नब गोस्वामी: महाराष्ट्रको राजनीतिक प्यादा (मोहरा) अथवा खेलाडी


मुम्बई । भारत सरकारमा प्रधानमन्त्री नरेन्द्र मोदी समेतको २२ क्याबिनेट मन्त्री छन् । ४ नोभेम्बरका दिन ‘रिपब्लिक टिभी’ का प्रधान सम्पादक तथा चर्चित पत्रकार अर्नब गोस्वामीलाई पक्राउ गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकारका अन्य महत्वपूर्ण मन्त्रीहरु क्रमशः सडक परिवहन मन्त्री नितिन गडकरी, रसायन तथा उर्वरक मन्त्री सदानन्द गौडा. सामाजिक न्याय मन्त्री थावरचन्द गहलोत बाहेक क्याबिनेटका हरेक मन्त्रीहरुले पत्रकार अर्नब गोस्वामीलाई गरिएको पक्राउको विरुद्ध ट्वीट, रिट्वीट गरिरहेका छन् ।

कैंयन यस्ता ट्वीट पनि आएका छन् जसमा अर्नबलाई समर्थन गर्नुका साथै भारतीय काँग्रेस तथा शिवसेनालाई निशाना बनाइएको छ । यस अघि कुनै पत्रकार पक्राउ परेको विषयलाई लिएर भारतमा यति ठूलो र शक्तिशाली केन्द्रिय मन्त्रीहरुको झुण्ड यसरी एकजुट भएको देखिएको थिएन ।

पत्रकार अर्नब गोस्वामीलाई पक्राउ गरिएको विरुद्ध बीजेपी शासित राज्यका मुख्यमन्त्री तथा पार्टीका पदाधिकारीहरुले पनि बोल्न थालेका छन् । जसमा उत्तर प्रदेश तथा मध्यप्रदेशका मुख्यमन्त्रीहरु पनि शामेल छन्, तथा बीजेपीका राष्ट्रीय अध्यक्ष पनि खुलेर अर्नबको समर्थनमा जुटेका छन् ।

जब पार्टीको शीर्ष नेतृत्व नै कुनै मुद्दामा सक्रिय छन् भने कार्यकर्ताहरु कसरी पछाडी रहन्थे र! भारतको कैंयन स्थानमा अर्नब गोस्वामीलाई पक्राउ गरिएको विरोधमा सडक तताई रहेका छन् ।

अर्को तर्फ यो घटनामा मुम्बइको राजनीतिक केन्द्रविन्दु शिवसेना, महाराष्ट्र पुलिसको साथ उभिएको छ । हुन पनि किन न होस् आखिर महाराष्ट्रमा मुख्यमन्त्री पनि शिवसेनाबाटै त छन् । “जसको राज उसकै काज!” हुने न हो ।

तर अर्नबलाई पक्राउ गरिएको समर्थनमा तीन व्यक्तिहरुको बन्द बोलीमाथी पनि प्रश्न उठेको छ । न त भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीले अहिलेसम्म केही बोल्नुभएको छ न त काँग्रेस नेता राहुल गान्धीले । यति मात्र हैन आफ्नो अन्तर्वार्ताहरुमा प्रायः प्रेस स्वतन्त्रताको वकालत गर्ने एनसीपी नेता शरद पवारको तर्फबाट पनि कुनै बयान आइसकेको छैन । भारतीय मेडियालाई मान्ने हो भने प्रलय आउला तर यी तीनजनाबाट प्रनबको बिषयमा बोली भने फुट्ने छैन ।

भारतमा अहिले एक पत्रकारलाई पक्राउ गरिएको सन्दर्भमा भारतका केन्द्रीय नेताहरुको ट्वीटमाथी मानिसहरुले प्रश्न उठाउन थालेका छन भने ति तीनै नेताहरुको बन्द बोलीप्रति पनि प्रश्नहरु उठिरहेका छन् ।

यो किन पनि भइरहेको छ भने महाराष्ट्रको राजनीतिमा – शिवसेना, एनसीपी, भारतीय काँग्रेस तथा बीजेपी – यी चारवटै राजनीतिक दलहरुको छवि तलवारको धारमा अडिएको छ ।

शिवसेनाले एनसीपी तथा भारतीय काँग्रेससँग मिलेर सरकार बनाएको हो । जसमा शिवसेनाबाट उद्धव ठाकरे मुख्यमन्त्री पदमा आसिन छन् । महाराष्ट्रको राजनीतिक विज्ञहरु भन्ने गर्दछन्, “यो सरकारको -रिमोट कन्ट्रोल- एनसीपी नेता शरद पवारको हातमा छ ।”

यसैकारण शरद पवारले यस सन्दर्भमा सार्वनजिक गर्ने बयानको लागि सबै प्रतिक्षारत छन् ।

अर्नब: राजनीतिक प्यादा (मोहरा) अथवा खेलाडी

महाराष्ट्र सरकार तथा अर्नब गोस्वामी बीचको विवाद जुन टीवी कार्यक्रमबाट शुरू भयो, त्यसमा अर्नब गोस्वामीमाथी आरोप छ कि उनले भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीका लागि अभ्रद भाषाको प्रयोग गरेका थिए । त्यसकारण सोनिया गान्धी तथा राहुल गान्धीका तर्फबाट यस सन्दर्भमा आउने बयान महत्वपूर्ण हुनेछ ।

यस्तोमा प्रश्न उठ्नु स्वभाविकै हो कि एक पत्रकारको पक्राउ प्रकरणलाई लिएर शिवसेना तथा बीजेपी आमुन्ने-सामुन्ने किन छन्? के एनसीपी तथा भारतीय काँग्रेसको पनि यस मुद्दामा कुनै हाथ त? के अर्नब गोस्वामी यो पूरा प्रकरणमा कतै कसैको राजनीतिक प्यादा (मोहरा) त बनिरहेका छैनन या उनी स्वयम् यसमा एक बेग्लै खेलाडी बनिसकेका हुन् त?

के भारतीय जनता पार्टीले अर्नबलाई प्रयोग गरिरहेको छ त?

महाराष्ट्रका वरिष्ठ पत्रकार सुजाता आनन्दन भन्नुहुन्छ, “स्वभाविक कुरा हो यो पुरा घटनामा राजनीति भइरहेको छ । अर्नबलाई बीजेपीले प्रयोग गरिरहेको छ । अर्नबको पत्रकारिता हेर्ने हो भने कसैले पनि सहजै निश्कर्ष निकाल्न सक्छ की उनले ‘बीजेपी समर्थन’ पत्रकारिता गरिरहेका छन् । उनले गरेको प्रत्रकारिता प्रोपागेण्डा पत्रकारिता हो । बीजेपी पनि उनके समर्थनमा उतरिनुले यो मुद्दालाई थप पुष्टि गर्दछ ।”

वहाँ भन्नुहुन्छ, “यही कारण हो कि अहिलेसम्म बीजेपीको निशानामा शिवसेना रहदै आएको थियो, यसकारण अर्नब गोस्वामीलाई पत्रकारिता मार्फत टारगेट गरियो । फेरी त्यो आरोप महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेका लागि अभ्रद भाषाको प्रयोग होस् या उनका सुपुत्र आदित्य ठाकरे या फेरी मुम्बइका पुलिस कमिश्नर परमबीर सिंहका लागि गरिएको शब्दको प्रयोग । यदि तपाईं कसैलाई रात-दिन टारगेट गर्नुहुन्छ भने त स्वभाविकै हो कि एक दिन तपाईं पनि उनीहरुको निशानामा अवश्य पर्नुहुनेछ, हो! अर्नबको मुद्दामा बस यही भइरहेको हो ।”

सुजाता आनन्दन भन्नुहुन्छ, “सन् २०१८ का ‘अन्वय नाइक मुद्दा’ को पुनः अनुसन्धानको घटना यस्तै थियो । अर्नबले सुशान्त सिंह राजपूतको कथित आत्महत्या मुद्दामा बिना प्रमाण राजपूतको प्रेमिका रिया चक्रवर्तीलाई अपराधी घोषित गरिदिएका थिए । अब अर्नबका विरुद्ध त पुरा सोसाइड नोट नै छ, उनको विरुद्ध परिवारका सदस्यहरुको बयान छ । रिया घटनामा जे सही हो त्यो अर्नब गोस्वामीको मामिलामा पनि सही नै हुनुपर्दछ । दुवै मृत्युको घटना हो, दुवै मुद्दामा प्रक्रिया फरक फरक हुनसक्दैन ।”

वास्तवमा यो साचो हो कि अन्वय नाइक मामिलाको पुनः अनुसन्धानका लागि लिए महाराष्ट्र पुलिसले अदालतमा अनुरोध गरेको थियो, तर प्रहरीलाई जाँच पुनः शुरू गर्नका लागि अदालतको तर्फबाट अनुमती प्राप्त भएको थिएन ।

यस मुद्दामा काँग्रेसको भूमिका

तर भारतका वरिष्ठ पत्रकार राम बहादुर रायको मत अलि फरक छ । उनका अनुसार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले अरुको इशारमा यो काम गरिरहेका छन् । उनले सीधै भारतीय काँग्रेसको नाम त लिएनन तर इशारै इशारामा मनको कुरा भने राखिदिए ।

बीबीसी हिन्दिसँग उनले गरेको कुराकानीका क्रममा उनले भने, “भारतीय राजनीतिमा अपराधिकरणको बिउँ सबैभन्दा पहिले भारतीय काँग्रेसले नै छरेको हो । आपराधिक पृष्ठभूमिका मानिसहरुलाई सर्वप्रथम काउन्स्लर बनाइयो, मुख्यमन्त्री बनाइयो, फेरी विधानसभा हुँदै संसद भवनसम्म पुर्र्याइयो, यो सबै इमरजेन्सीको देन हो । यदि यो सबै सधैं चलिरहने नै हो भने थाहा छैन महाराष्ट्रको राजनीति कतातर्फ जाने हो ।

उद्धव ठाकरेले जे गरिरहेका छन् त्यसमा राजनीतिक बदलाको भावनाबाट नभएर निजी बदलाको भावनाबाट गरिरहेका छन् । उनको यस निजी बदलाको भावनाको फाइदा अर्को दलले गरिरहेका छन् । ति दलले उनलाई कठपुतलीको झै मज्जाले नचाईरहेका छन् । त्यो कुन दल हो यो कुरा सबैलाई थाहा भएकै बिषय हो ।”

राम बहादुर राय यो पुरा मुद्दाको जडमा सुशान्त सिंह राजपूतको पूर्व म्यानेजर दिशा सालियानको मृत्युमाथी रिपब्लिक टीवीले प्रशारण गरेको कार्यक्रम रहेको मान्दछन् । दिशा सालियानले सुशान्त सिंह राजपूतको आत्महत्याको केही दिन अघि ८ जून २०२० का दिन अगलो भवनबाट कथित हामफालेर आत्महत्या गरेकी थिइन् ।

उनी भन्छन्, “यस मुद्दामा आफ्नो एक टिभी शोमा अर्नब गोस्वामीले इशारा इशारामा आदित्य ठाकरेमाथी निशाना साधेका थिए । अर्नबले उनका लागि ‘बेबी पेंगुइन’ शब्दको प्रयोग गरेका थिए । उद्धव ठाकरेले त्यही शब्दलाई गाँठो बाँधी बसेका छन् । भएको यत्ति हो ।”

मुम्बईमा हालै भएको दशैं र्र्यालीमा पनि उद्धव ठाकरेले भनेका थिए कि उनलाई तथा छोरा आदित्य ठाकरेलाई बिना प्रमाण निशाना बनाइरहिएको छ ।

राम बहादुर राय अगाडि थप्छन्, “उद्धव ठाकरे जे गरिरहेका छन्, त्यसबाट उनको अयोग्यता, बदलाको भावनाबाट अभिप्रेरित कारवाहीलाई साबित गर्दछ । तर, यसको पछाडी अन्य कोही छन् ।”


सम्बन्धीत समाचार

पत्रकार अर्नव गोस्वामी पक्राउ


Loading comments...