Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

परिवारका एक वा बढी सदस्य संक्रमित हुँदा के गर्ने ? यस्तो छन् केही व्यावहारिक पक्ष

२३ कार्तिक २०७७, आईतवार १३:४२

काठमाण्डौ । एक भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरूसँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। (ज्वरो आए, खोकी लागे, पखाला चले खाने प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवनजल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्।

सबै पोजिटिव हुनेले गर्नैपर्ने मुख्य कुरा अक्सिजन स्याचरेशनको निगरानी नै हो। दिनमा २-३ पटक हेर्नुपर्छ। कालोबजारी छ, सबैले किन्न संभव छैन, त्यसैले १ टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेशिनलाई निसंक्रमण गर्दै टोलभरि डुलाएर प्रयोग गर्न सकिन्छ।

मैले देखेको मुख्य समस्याः
संक्रमितको संपर्कमा आएका परिवारका अरू सदस्य पनि एक अर्कासँग छुट्टाछुट्टै (क्वारन्टिन) बस्नुपर्ने, तर आपसमा घुलमिल भएरै बसेका हुन्छन्। त्यसो गर्दा यदि १ जनालाई विषाणु सरिसकेको रहेछ भने अरूलाई पनि सर्ने खतरा हुन्छ। यसरी घरभरि, टोलभर संक्रमण सल्किंदैछ।

संभव भएसम्म छुट्टाछुट्टै कोठामा क्वारन्टिन बस्नुपर्छ, जुन अधिकांश नागरिकलाई असंभव छ। त्यसैले समस्या हुनेलाई क्वारन्टिन र आइसोलेशनको लागि ठाउँ जुटाइदिने दायित्व समुदाय र राज्यको छ। महामारी फैलिन नदिन राज्यले गर्न सक्ने लगानीको अनुपातमा प्रतिफल सबैभन्दा बढी हुने काममध्ये हो यो।

यदि कोठाको वा सामुदायिक क्वारन्टिनको अभावले छुट्टाछुट्टै कोठामा बस्न संभव छैन भने के गर्न सकिन्छ? वा एक्लै कोठामा थुनिएर बस्न नसक्ने साना केटाकेटीलाई के गर्ने? सजिलो छैन। त्यस्तो अवस्थामाः

छुट्टाछुट्टै बस्न गाह्रो हुने (जस्तै सानी नानी र आमा, वा स्थानाभावले एउटा कोठैमा बस्नुपर्ने अरू)ले तुरुन्तै पिसिआर गर्ने, ताकि कसैको पिसिआर पोजिटिव रहेछ भने पहिले नै थाहा होस्।

यदि दुवैको नेगेटिव आए एउटै कोठामा पनि मास्क लगाएरै (नानीले बाहेक), सकभर दूरी कायम गरेर बस्ने। (साना नानीलाई एक जना अभिभावकसँग मात्र बस्न फकाउने।)

खुला ठाउँ,आँगन छ भने मास्क लगाएर, दूरी कायम गरेर एकै समय बसे भो। अनि ८-१० दिनमा फेरि पिसिआर दोहोर्‍याउने।

छुट्टै क्वारन्टिन गर्न पाउनेले चाहिं लक्षण देखिएमा तुरुन्तै, नत्र छुट्टै बस्न थालेको ८-१० दिनमा १ पटक पिसिआर गरे हुन्छ।

अर्को समस्या खाना खाँदा देखेको छु। प्राकृतिक मानवीय गुणले होला, छुट्टाछुट्टै बस्नेले पनि खाना खाँदा चाहिं सँगै वा पहिलेभन्दा साना समूहमा (जस्तै बा, आमा, छोरा, बुहारी) खान बसेको देखेको छु। खाना खाँदा पालैपालो एक्लै जाने, पस्कने, खाने गर्नुको विकल्प छैन।

शौचालय एउटै छ भने नि ?
भेन्टिलेशन नहुने ठाउँमा पालैपालो जाँदा पनि हावामा तैरिरहेका एरोसोलबाट धेरै जना संक्रमित हुने डर हुन्छ।त्यसैले शौचालयमा पूरै समय मास्क लगाउनुपर्छ। सानै झ्याल छ भने पनि बिचबिचमा खोल्ने गर्नुपर्छ। कतिले फ्लश गर्दा कमोडको ढक्कन बन्द गर्न पनि सल्लाह दिन्छन्।
धाराका टुटी वा पानीका जगका ह्यान्डललाई पनि साबुन पानीले धोएर पखाल्नुपर्छ। आआफ्नो फरक तौलिया प्रयोग गर्नुपर्छ।

जाडो नहुने बेला कोठाका झ्यालहरू खोलेर राखौं। अरू बेला के प्रयास गर्नुपर्छ भने कुनै पनि समयमा एकै कोठा वा स्पेशमा मास्क नलगाई २ जना वा बढी मान्छे नहोइयोस्।

( डा. सुवेदीको ट्विटरबाट साभार। उनी सरुवारोग विशेषज्ञ हुन् )


डा.अनुप सुवेदीको अर्को लेख

लक्षण देखिनेबित्तिकै पिसिआर गरिहाल्नुपर्ने ३ कारण

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन

ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ

राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ। हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीको आगामी नीति र कार्यदिशाका बारेमा गम्भीर बहस हुनाको साटो आगामी नेतृत्वका