
ट्रम्पको प्रेस रिलीजको प्रत्यक्ष प्रशारणमा ‘झुठ बोलिएको’ भन्दै CNBC ले रोक्यो प्रत्यक्ष प्रशारण
पेन्सीलभेनिया । अमेरिकाको राष्ट्रपतिय चुनावमा अहिलेका राष्ट्रपति ट्रम्प डेमोक्र्याटिक उम्मेदवार तथा बाराक ओवामा कार्यकालका उपराष्ट्रपति जोय बाइडेन भन्दा कम मतका भागेदार भएको देखिन थालेको छ । बाइडेन विजयको संघारमा छन्, ट्रम्पले यस अघि नै आफूले चुनाव जितिसकेको र केहि धाँधली भए न्यायलयसम्म पुग्ने जनाइसकेका थिए ।
ट्रम्पको यस न्यायलयको वक्तव्यका लागि रिपब्लीकनहरुले नै यिनको घोर भत्सर्ना गरे, भर्खरै ह्वाइट हाउसमा ट्रम्पले आयोजना गरेको एउटा पत्रकार सम्मेलनमा ट्रम्प लाइभमा रहेर वक्तव्य दिँदै गर्दा सिएनबिसी (CNBC) टिभीका पत्रकार सेफर्ड स्मिथ (Shepard Smith) ले स्टुडियोबाटै ट्रम्पले बोलेका र दावी गरेका कुराहरु झुठा हुन भन्दै, विश्वास गर्न नसकिने अप्रमाणित कुराहरु र झुठहरु भएकाले राष्ट्रपतिको लाइभ वक्तव्य टिभीले रोक्न बाध्य भएको भनि प्रत्यक्ष प्रशारण रोकिदिएका थिए ।
अमेरिकी राष्ट्रपतिको ह्वाइट हाउसवाट नै भएको संवोधनलाई यसरी टिभीले रोकेको संभवत यो अमेरिकी लोकतन्त्रमा नै प्रथम पटक हुनपर्दछ । बिहिवारको दिन पनि ट्रम्पले आफ्नो वक्तव्यमा आफूले जितिसकेको बताएका थिए, यद्धपी मत परिणामा आन शनिवारसम्म आएको छैन, ट्रम्पको झुठो दावीलाई सच्याउन टिभीकर्मीहरुलाई हम्मे हम्मे परेको थियो । अहिले आएर फेरि ट्रम्पले हजारौं लाखौं भोटहरु भेरिफाई नभइकन गणना गरिरहिएको बताउँदै गर्दा टिभी च्यानलले उक्त प्रसारण नै अवरुद्ध गरिदिएको छ ।
President Trump just spoke at the White House, as key states continue to count votes.
Shep has the facts: “What the President of the United States is saying, in large part, is absolutely untrue.” #Election2020 https://t.co/E6DBt6OodD pic.twitter.com/HVa87qUCzB— The News with Shepard Smith (@thenewsoncnbc) November 6, 2020
सीएनबीसी नामक चर्चित उक्त टिभी च्यानलका प्रस्तोता स्मिथले ट्रम्पले आफ्ना कुराहरु प्रत्यक्ष प्रशारणमार्फत राख्दै गर्दा आधा स्क्रिनमा प्रस्तोतालाई देखाएर राष्ट्रपतिले भनेको अधिकांश कुराहरु झुठा भएका र राष्ट्रपतिले भाषण शुरु गरे तर हामीहरु यसलाई प्रशारण गरिरहन सक्दैनौ किनभने उनी झुठो बोलिरहेका छन् भनी प्रसारण रोकेको हो ।
अवरोध पछि ट्रम्पको भनाइलाई विश्लेषण गर्दै प्रस्तोताले ट्रम्पका अनुसार वैधानिक भोटहरु मात्र गणना भएमा आफूले सहजै जित्ने बताएको झुठो भएको र ट्रम्पको अगाडी यस मतको अवैधानिकता प्रमाणित गर्ने कुनै पनि प्रमाणहरु नभएको बताएका हुन् ।
प्रस्तोताका अनुसार राष्ट्रपतिले शब्द मात्र निकाले तर सत्यता थिएन, पोष्टरहरु मतदानमा मतदातालाई झुक्याउने गरि राखिएको, मतपत्रमा भएका त्रुटिहरु लगायत ट्रम्पका अनेकन आरोपहरुको कुनै आधार छैन ।
पर्यवेक्षकहरुलाई मतदानमा जान नदिएको र मतगणनामा जान नदेखिएको राष्ट्रपतिको भनाँई पनि झुठो भएको प्रस्तोताले बताए । रिपव्लीकन र डेमोक्र्याट दुबै पार्टीका प्रतिनिधी मतगणनाको ६ फिट भित्र राखेर मत गणना गरिने कुराहरु सबै मतगणना केन्द्रहरुमा लागू भएको र पर्यवेक्षकहरुलाई कुनै अवरोध नभएको बताँउदै अमेरिकाका वर्तमान राष्ट्रपतिका लाइभ वक्तव्य टिभी च्यानलले रोकिदिएको हो ।