Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार
NRNA logo

नागरिकता र सम्पत्ति सुरक्षाको माग गर्दै एनआरएनएद्वारा सरकारसमक्ष सुझाव प्रस्तुत

२३ कार्तिक २०७७, आईतवार ०९:११

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरुको सम्पत्ती सुरक्षा र नागरिकता ग्यारेन्टीको माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले गत बिहीवार नेपाल कानून आयोगमार्फत् नेपालीको नागरिकता र सम्पत्तीसम्वन्धी अधिकार सुनिश्चित गर्न कानून संशोधनको लागि एनआरएन ऐन मस्यौदा संशोधन गर्न माग गर्दै सुझाव दिएको हो ।

केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलमार्फत् एनआरएनए ऐनको मस्यौदा सम्बन्धमा सुझाव पेश गरेको हो । कानून आयोगसँगको छलफलमा उपाध्यक्ष डा. बद्री केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा बुँदागत रुपमा संघको धारणा प्रस्तुत गरेका थिए ।

कानून आयोगका अध्यक्ष माधव पौडेलले संघले सुझाव प्रतिवेदन ग्रहण गर्दै प्राप्त सुझावहरुले गैरआवासीय नेपाली संघ ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । उनले संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिताको परिकल्पना र एनआरएनए ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा