
भारतद्वारा नेपाल सरकारलाई २८ वटा आइसियु भेन्टिलेटर सहयोग
२३ कार्तिक २०७७, आईतवार १८:३८
कोभिड-१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग स्वरुप भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसियु भेन्टिलेटर उपहार स्वरुप प्रदान गर्नुभएको छ ।
यस अघि भारतले नेपाललाई बैशाख १० गते पारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक सामाग्री, जेठ ४ गते कोभिड-१९ परिक्षण कीट (आरडिटि-पिसिआर), श्रवाण २५ गते आइसीयु भेन्टटिलेटर तथा भाद्र ३० गते रेमडेसिभर औषधी प्रदान गरिसकेको छ ।
@AmbVMKwatra, on behalf of Govt of India, handed over 28 ICU ventilators to Nepal’s Minister for Health and Population @dhbhanu on 8th Nov 2020. It is part of ongoing COVID-related assistance to Nepal. @MEAIndia @PMO. Details may be seen at: https://t.co/04dfJzI5O7 pic.twitter.com/qtlw59uaXS
— IndiaInNepal (@IndiaInNepal) November 8, 2020
हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड-१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार तथा नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्र्याउनुभयो । साथै, उहाँले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको कुरामा जोड दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ