
राष्ट्रपतिद्वारा ‘मैले बुझेको गान्धी’को लोकापर्ण
२४ कार्तिक २०७७, सोमबार १७:४५
काठमाण्डौ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण सम्पन्न भएको छ । भारतका राष्ट्रपिता तथा अहिंसावादी राजनीतिका प्रतिक महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा उक्त पुस्तक सार्वजनिक भएको हो ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालका लागि भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको आज दिउँसो लोकार्पण गर्नुभयो ।
हाम्रा नेपाली मित्रहरुसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो । यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ । गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ ।
यस प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ जसका जीवन तथा आदर्श सदा अमर छ र आज पनि उत्तिकै सान्दर्भिक छ ।
2/2 High level dignitaries of Nepal have contributed to the anthology reflecting Nepali perspectives on Gandhiji. The book celebrates [email protected] @MEAIndia @PMOIndia @AmbVMKwatra @PresidentofNP.
The Details may be seen at:https://t.co/nCK99mMLBi pic.twitter.com/ybxc8zu7hT— IndiaInNepal (@IndiaInNepal) November 9, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई