Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

टाउको दुख्ने कारण र खतराका संकेतहरु

२४ कार्तिक २०७७, सोमबार २१:१९

लोकप्रिय

टाउको दुख्ने समस्या धेरै मानिसमा भएको पाईन्छ । हामी सबैलाई कहिलेकाहीँ टाउको दुख्ने गर्छ । टाउको दुख्ने वित्तिकै डाक्टरलाई जचाउनै पर्छ भन्ने जरुरी छैन । लामो समयदेखि टाउको दुखेमा वा अचानक वेस्सरी दुख्न थालेमा डाक्टरको परामर्श लिनुपर्ने हुनसक्छ । त्यसैले टाउको दुख्ने वित्तिकै आत्तिनु हुँदैन । टाउको दुख्ने कारण सामान्य भएमा कुनै विशेष उपचारको आवश्यकता हुँदैन । पारासिटामोलको चक्की खान मिल्छ । तर असामान्य कारणहरु छन् भने डाक्टरको परामर्श लिनुपर्छ ।

टाउको दुख्ने कारणहरु:

  • सामान्य कारणहरु : ज्वरो आउने, धेरै मानसिक तनाव, रुघाखोकी, गर्मीमा हिँडेमा, टाईफाईड ज्वरो, चिसो लागेमा
  • असामान्य कारणहरु : माईग्रेन, पिनास, आँखाको समस्या, टेन्सन हेडेक, अनियन्त्रित रक्तचाप, मस्तिष्कको ट्युमर, मस्तिष्कघात
  • लामो समयदेखि टाउको दुख्ने कारणहरु :
  • माईग्रेन, आँखाको समस्या, टेन्सन हेडेक, क्रोनिक साईनुसाईटिस, माईग्रेन र टेन्सन हेडेक, मस्तिष्कको समस्या
  • कस्तो टाउको दुखाईमा जचाउनै पर्छ ?
  • मस्तिष्कमा केही समस्या भएको शंका भएमा तुरुन्तै डाक्टरलाई भेट्नुपर्ने हुन्छ । मस्तिष्कको संक्रमण,मस्तिष्कको ट्युमर वा स्ट्रोकको शंका भएमा तुरुन्तै न्यूरोलोजिष्ट वा फिजिसियनसंग जचाउनुपर्छ ।

यस्तो हुन्छ खतराका संकेतहरु:

१. उल्टी भएमा
२. सहन नसक्ने गरी दुखेमा
३. दृष्टिमा समस्या : एउटा वस्तु र्दुृवटा देखिएमा, एउटा आँखाले राम्ररी नदेखिएमा,आँखा वाँगिएमा
४. होस कम भएमा वा वेसुरको कुरा गरेमा
५. मुख वाँगिएमा
६. विहान उठ्ने वेलादेखि टाउको दुखेमा,खोक्दा दुखाई बढेमा
७. हिँड्दा अप्ठ्यारो भएमा
८. धेरै रिंगटा लागेमा

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई