
अवैध लागूऔषध अफिम र चितुवाको छालासहित २ जना पक्राउ
२६ कार्तिक २०७७, बुधबार २०:५०
दाङ । घोराही उपमहानगरपालिका- ८ बनगाउँबाट ३ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध अफिम र ६ फिट ११ ईन्च लम्बाई भएको १ थान चितुवाको छाला सहित दुईजनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्युठान नौवहिनी गाउँपालिका-५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई
मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय