chitra bahadur kc

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना


काठमाण्डौ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो ।

केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ । उनको केहि महिना देखि स्वास्थ्य विग्रीए पछि पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको हो । केहीदिनअघि उनलाई निमोनिया समेत देखिएको थियो ।

 


Loading comments...