Lifestyle Portal
  •   २५ माघ २०७९, बुधबार

बियरको बोतलले हानी हत्या गरेको अभियोगमा एक पक्राउ

२७ कार्तिक २०७७, बिहीबार १७:४४

लोकप्रिय

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुठ्ठे लामाले कात्तिक १५ गते बियरको बोतलले कुटपिट गर्दा गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले कुटपिट गर्ने जुठ्ठे लामालाई पक्राउ गरेको हो ।

बाँके, आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटो प्रहारबाट गम्भीर घाईते भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत