जानकीमा जहिल्यै जालझेल!


कञ्चन झा, जनकपुरधाम । संरक्षण र सम्वर्द्धनका लागि जिम्मेवार ठानिएकाहरुबाट नै जानकी मन्दिर सौन्दर्यकरण गर्ने नाममा ऐतिहासिकता मास्ने गतिविधि हुनु निक्कै दुखद छ। प्रदेश२ सरकारको स्वच्छता अभियान अन्तर्गत विकासको नाममा जानकी मन्दिरमा भइरहेको विनासमा संलग्नहरू यसको पुरातात्विक धार्मिक-सांस्कृतिक महत्व नबुझेका र अपनत्वबोध नभएका हुन् भन्ने प्रष्टिएको छ।

मन्दिरसहित यसले चर्चेको क्षेत्रमा रहेका ऐतिहासिक सामग्री तथा संरचनाहरू संरक्षण गर्नुपर्ने सामान्य हेक्का पनि यहाँ नराखेको देखिएको छ।हाई पावर ड्रिल ड्रिलिंगको प्रयोग गरी जथाभावी मार्बलहरू उप्काउँदा मन्दिरको भौतिक संरचना समेत जर्जर हुने निश्चित छ।

मन्दिरमा लगाइएको मार्बल फेर्ने काम मन्दिरप्रतिको मोह नभएर द्रव्यमोहबाट भइरहेको आशंका गर्ने प्रशस्तै ठाउँ छ।किनभने ती मार्बलहरू अहिल्यै फेर्ने अवस्थामै पुगेका थिएनन्। जुन मार्बल करिब ५० वर्षअघि परिसरमा छापिएका भए पनि दुरुस्तै छ।

तस्वीर स्रोतः Twitter@kanchan_jha

पुरातत्व विभागले पनि मन्दिरको भित्री भवनको बाहिरी भागको मार्बल फेर्ने अनुमति नदिएको बुझिएको छ। विश्व सम्पदामा सूचीकृत गर्न सम्भाव्यताका लागि युनिसेफले चासो देखाउँदा समेत प्रक्रिया अघि बढाउन तदारुकता नदेखाउने जिम्मेवार भनिएकाहरू नै यो ‘रकमी काम’ का सुत्रधार हुन्।

चाडपर्वको उल्लासमा रहेको मौका छोपेर छापामार शैलीमा गरिएको यो ‘काम’ भित्रको रहस्योद्घाटन गर्न जनकपुरवासीले आवाज बुलन्द पार्नु जरूरी छ। प्रदेश सरकार, जनकपुर उपमहानगरपालिका र मन्दिरका हर्ताकर्ताहरूले यसको जवाफ दिनैपर्छ।


सम्बन्धीत अन्य समाचार

१) कहाँपुग्यो जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने कार्य?
२) मैले बुझेको सीता

३) सीताको जन्म
४) सीताको निधनः तथ्य र कविता


Loading comments...