Lifestyle Portal
  •   १० श्रावण २०७८, आईतवार

देश बिदेशमा लोकप्रिय बन्दै आरम्भको होम मेड अचार

२४ मंसिर २०७५, सोमबार १०:१९

कुनै पनि व्यवसाय सानो हुदैन, अनि व्यवसाय भन्दा ठुलो कुनै धर्म हुदैन । निरन्तरको परिश्रम, मेहनेत तथा लगनशिलताले मात्र एउटा व्यवसाय सफल रहन सक्छ । सपना देख्नु पर्छ, लाग्नु पनि पर्छ त्यस सपनालाई साकार पार्न । यो एउटा त्यस्तो व्यवसायको कथा हो जुन एक संजोगले बन्न पुग्यो ।
बालुबाटार, काठमाडौमा रहेको आरम्भ खाद्य उद्योगको कथा । अचारको स्वादको पारखीहरुको मन जित्न सफल आरम्भको होम मेड अचार, जसको पित्को पित्कोमा छ आमाको हातको स्वाद, अनि घरको याद । मिठो, गुणस्तरीय अचारको ब्रान्डको रुपमा देश तथा विदेशमा समेत ख्याती प्राप्त गरिसकेको आरम्भ होममेड अचार भेज तथा ननभेज दुवै प्रकारका अचारको लागि परिचित छ । कस्तो कस्तो अचार तयार गरिन्छ
आरम्भ खाद्य उद्योग ले भेज र ननभेज गरी दुई प्रकारको अचारहरु बनाउदै आएको छ । नन भेजमा चिकेन,मटन,बफ,पोर्कको अचार पाउन सकिन्छ भने भेजमा अकबरे खुर्सानी, तामा, अकबरे बेस्ट, लप्सी, निबुवा,आप लगायता मौसमी सब्जीका अचारहरु प्राप्त गर्न सकिन्छ  । जुन पुर्णरुमा गुणस्तरीय र पिजरभेटिभ रहित छन् ।

कसरी प्राप्त गर्न सकिन्छ
आरम्भ खाद्यबाट उत्पादित अचारको स्वाद लिनको लागि यस उद्योगको अफिसियल फेसबुक पेज तथा इन्टापेज मार्फत अर्डर गर्न सकिन्छ साथै फोनद्धारा पनि अर्डर टिपाउन सकिन्छ । काठमाडौ रिङ्गरोड भित्र निशुल्क डेलिभरिको सुविधा पनि प्रदान गरेको छ । साथै अन्य स्थाको लागि कुरिर्यरको व्यवस्था पनि रहेको छ ।

सम्पर्क को लागि
फोन : 9810144045
फेसबुक : www.facebook.com/homemadeachar1
इन्ट्राग्राम : www.instagram.com/homemadeachar

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बोरेक्स पाउडर एउटा यस्तो केमिकलयुक्त उत्पादन हो जसको मद्दतबाट तपाईं आफ्नो घरको कैंयन कामलाई सजिलो बनाउन सक्नुहुन्छ । बर्षाको मौसम

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।