नेपाल, भारत लगायत विभिन्न देशका २०० सहभागीहरु सम्मिलित ‘कोविड-१९ को लागि आयुर्वेद’ विषयक वेबिनार सम्पन्न


काठमाण्डौ । ५ औं आयुर्वेद दिवस (धनवंतरी जयंती) को अवसरमा भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा “कोविड-१९ को लागि आयुर्वेद” शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजित गरियो।

सम्पन्न उक्त वेबिनारमा भारत, नेपाल र अन्य देशहरूबाट करिब २०० सहभागीहरू उपस्थित थिए। प्यानलिस्टहरुमा भारत र नेपालका ६ प्रख्यात वक्ता/ आयुर्वेद अभ्यासकहरु थिए जसले आफ्नो विचारहरु र विशेषज्ञता साझा गरे।

यस अवसरमा राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरू र बढ्दो लोकप्रियताबारे प्रकाश पार्ने एक भिडियो सन्देश दिनुभयो। कार्यक्रममा सहभागिता जनाएकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घर-घरमा पाइन्ने बेसारलगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गर्नुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू पनि उपस्थित थिए। कार्यक्रमको दौरान अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरूको पनि घोषणा गरिएको थियो।


Loading comments...