Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

आज घरघरमा कुकुर तिहार मनाइँदै

२९ कार्तिक २०७७, शनिबार ०७:००

काठमाडौं । आज दिपावलीको दोस्रो दिन घर घरमा कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चर्तुदर्शीको यस दिनलाइ कुकर तिहार तथा नरक चर्तुदर्शी पनि भन्ने गरिन्छ । यस दिनमा कुकुरको विशेष पुजा आजा गरी कुकुरलाई माला लगाइ सिंगारीदिने कार्य गरिन्छ र उसलाइ मनपर्ने भोजन गराइन्छ ।

अरु दिन कुकुरलाइ अन्त्यमा खाना दिने गरेपनि यस दिनमा भने अरुले भोजन गर्नु अगावै गराइन्छ । कुकुरले टोकेको मानिसले यस दिनमा एकविहानै नवोलीकन नुहाएर शुद्ध भई पुजा गरेमा दोष लाग्दैन भन्ने पनि विश्वास गरिन्छ ।

भैरवको बहान पनि मानिने कुकुरलाइ यमराजको दुत तथा भक्त पनि मानिन्छ । यस्ले मृत्यु पश्चात् स्वर्गमा जाने बेलामा बाटो देखाउने कार्य गर्छ भन्ने पनि विश्वास गरिन्छ । कुकुर एक आज्ञा पालक बफादार प्राणी हो । यसले विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन अनुुसन्धान गर्ने कार्यमा पनि सहयोग गर्ने गर्दछ । कुकुरले मानिसको घर परिवार लगायत बालिनालीको पनि रेखदेख गरी मानिसहरुलाइ सहयोग गर्दै आएको छ । आजभोली कुकुरलाई घरको सुन्दरताको लागि पनि पाल्ने गरिन्छ भने साथिको रुपमा पनि हेर्न थालिएको छ । कुकुरमा श्रवण शक्ति पनि ज्यादा हुने र निन्द्रा पनि छिटो खुल्ने भएकाले दिनमा वा रातमा उ जतिबेलै सक्रिय रहन सक्दछ । यसले प्राकृतिक विपत्तीको समयमा पुर्व सुचना दिने काम पनि गर्दछ । कुकुरले मानिसको चालचलनको अलग्गै हेक्का राख्दछ । रिसाएको वा खुसी भएको कुरा र मानिसले ढाँटेको कुरा समेत अड्कल गर्न सक्ने क्षमता कुकुरको रहन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।