नेबिसंघ बेथानचोकद्वारा बेथानचोक नारायणस्थान मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न


काभ्रे । बेथानचोक गाउँपालिकामा अबस्थित महाभारत श्रीङ्खलाकै अग्लो स्थान बेथानचोक नारायणस्थान ३०१८मि. मन्दिर तर्फको बाटो लगायत मन्दीर परिसर सरसफाइ गरिएको छ । बेथानचोक गाउँपालिका नेपाल विद्यार्थी संघ(पार्बती बहुमुखी क्याम्पस ) र स्वतन्त्र विद्यार्थी युनियन (पार्बती बहुमुखी क्याम्पस ) को संयुक्त आयोजना आज सरसफाइ कार्यक्रम सप्पन्न भएको हो ।


कार्यक्रम नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व जिल्ला सदस्य वाइ पि घिमिरेको संयोजकत्वमा सप्पन्न भएको हो । बेथानचोक नारायणस्थान मन्दिर तर्फ जाने बाटोमा स्वागत तथा सरसफाइ सम्बन्धि जानकारी सहितको फ्लेक्स स्थापना, ठाँउ ठाँउमा फ़ोहोर निश्चित ठाँउमा मात्रै बिसर्जन गर्नका लागि डस्बिनहरु राख्दै साथै नारायणस्थान मन्दिर परिषरमा अस्थायी बिश्राम बेञ्चहरु बनाउने कार्य गरिएको कार्यक्रम संयोजक वाइ पि घिमिरे तथा पार्बती बहुमुखी क्याम्पस स्वबियु सभापति पुरुषाेत्तम तिमल्सिनाले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा नेबिसंघ बेथानचोक (पार्बती बहुमुखी क्याम्पस)का सभापति प्रकाश श्रेष्ठ , स्वतन्त्र विद्यार्थी युनियन (पार्बती बहुमुखी क्याम्पस)का सभापति पुरुषाेत्तम तिमल्सिना, सचिब दिपक तिमल्सिना, र अन्य पदाधिकारी साथै नेबिसंघ बेथानचोकका विभिन्न वडाका प्रारम्भिक समितिका सभापति लगायत अन्यको पनि सहभागीता रहेको थियो ।

 

कार्यक्रम समापन कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा संयोजक घिमिरेले कार्यक्रम मुल उदेश्यमाथी प्रकाश पार्दै यस्तो सरसफाइ कार्यक्रम जो जस्ले आयोजना गरे पनि सबैको हितमै हुने र यो कार्यक्रम पार्टीका भातृ सङगठन ले आयोजना गरेको भएतापनी यस्लाइ राजनैतिक रंग दिन नहुने र नारायणस्थानको प्राकृतिक सौर्न्दर्यता लाई सदा कायम राख्न यस्ता कार्यक्रम अरुले पनि गर्दा हामी स्वागत गर्न तयार छौं भन्नु भएको थियो । कार्यक्रममा सहभागी प्रल्हाद तिमल्सिनाले गाउँपालिकाले बेथानचोक नारायणस्थानको पर्यटकिय पुर्वाधार बिकासका लागि बेथानचोक गाउँपालिकाले गरिरहेको प्रयासको बारेमा जानकारी दिनुभएको थियो ।

महाभारत श्रृङखला कै अग्लो स्थान बेथानचोक नारायणस्थानमा यहि बर्ष भगवान बुद्ध को मुर्ति स्थापना गर्ने तयारी गाउँपालिका गरिरहेको र स्माट सिटि परियोजना अन्तर्गत प्राप्त हुने पचास लाखको नारायणस्थान पर्यटकिय पुर्वाधार बिकासको लागि छनोट गरिएको र छिटोभन्दा छिटो टेण्डर आह्वान हुने बिश्वास लिइएको जानकारी समेत गराउनु भएको थियो । कार्यक्रमलाई निरंतरता दिइरहने भन्दै पार्बती बहुमुखी क्याम्पस स्वबियु सचिब दिपक तिमल्सिनाले यो नितान्त सामाजिक कार्यक्रम भएकोले सबैले आफ्नो ठाँउबाट सकारात्मक सोचका साथ यश कार्यक्रमलाई लिइदिन आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रमका लागी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, बेथानचोक वडा ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठ लगायत बेथानचोक गाउँपालिका स्वास्थ शाखा प्रमुख सिताराम तिमल्सिनाले बिशेष सहयोग गर्नुभएको थियो ।


Loading comments...