अतिरिक्त बोसो घटाउन अपनाउनुहोस् यो घरेलू उपाय, चाडबाडमा बिग्रीने छैन तपाईंको फिटनेस


चाडबाडको समय छ । यस्तो बेला ति व्यक्तिहरुलाई एउटा बेग्लै चिन्ताले सताईरहेको हुन्छ, जसले केही महिना यता आफ्नो स्वस्थ्य शरिर र फिटनेशमा लगानी गरेका हुन्छन् । अथवा अतिरिक्त तौल घटाउने संकल्प लिएका हुन्छन् । फेरी चाडबाड भनेको स्वादिष्ट भोजन, अनेक मरमसलायुक्त अनेक खानेकुरा, चिल्लो तेल, मसला, पिरो इत्यादीको हेर्दै खाउँ खाउँ जस्तो अनुभूती । आखिर स्वादको कुरो हो, तर स्वाद सँगै हरेक अतिरिक्त चिल्लो अथवा अत्यधिक मसलाजन्य खानेकुराले तपाईंको स्वस्थ्य शरिरलाई चुनौति थपि रहेको हुन्छ । प्रस्तुत छ तपाईंका लागि केही सजिलो समाधानका उपायहरु ।

फरक महत्व, संस्कृति तथा उमङहरुले भरिएका चाडबाडको मौसम त आउछ जान्छ, यो वर्षदिन भरी कुनै न कुनै मौसम, कुनै न कुनै महिनामा लामबद्ध भएर आइरहन्छ । यसमा पनि लगातार लामो समय विशेष खानपान तथा स्वादै स्वादले भरिएको समय भनेको दशैं देखि होली (फागू पूर्णिमा)सम्मको समय हो । दशैंमा बेग्लै खानेकुराहरुको महत्व छ जसमा विशेषतः माछा, मासुका स्वादिष्ट परिकारहरु रहन्छन् भने तिहार तेलमा तारिएर तयार पार्ने सेलरोटी, अनर्सा विभिन्न स्वादिष्ट मिठाई प्रमुख रहन्छन् । त्यस्तै फागू पूर्णिमामा माछा, मासु, तेलमा तारिएका पूवा तथा स्वादिष्ट मिठाइहरु रहेका हुन्छन् ।

डा. इर्शादूल हक
Medical Officer at Om Hospital & Research Center Pvt. Ltd

यो एउटा यस्तो समय हुन्छ जतिबेला पूरा परिवार, साथीभाई तथा इष्टमित्रहरुका साथ मिठाई तथा विभिन्न स्वादिष्ट परिकारहरुको मजा लिइन्छ । यस्तोमा कैंयन पटक अत्यधिक खानपान (Over Eating) का कारण तपाईंको डाइट चार्ट गडबड भइदिन्छ । यदि तपाईं चाडबाडको मस्तिको असर आफ्नो फिटनेस तथा डाइट प्लानमा पर्न दिन चाहनुहुन्न भने केही सजिलो तरीकाहरुलाई आफ्नो दैनिकीको अनिवार्य तालिका राख्नुहोस् । यसबाट तपाईंको शरीरमा अतिरिक्त बोसो जम्न पाउने छैन ।

खाना पछि तातो पानी पिउनुहोस्
१) खाना खाइसकेपछि तपाईंले तातो पानी विस्तारै पिउनुहोस् । यदि खाना खाने क्रममा नै तपाईंलाई पानी पिउने बानी छ भने मनतातो पानीको पिउनुहोस् । यसो त खाना खाने क्रममा पानी पिउनु राम्रो मानिन्न, तपाईं यो बानीलाई विस्तारै सुधार गर्न सक्नुहुनेछ । तर खानाको क्रममा अड्किएजस्तो अथवा अप्ठेरो हुन्छ भने आवश्यक्ता अनुसार मनतातो पानी अवस्य पिउनुहोस् । किनकी यसले तपाईंको पाचनलाई सुस्त हुन दिंदैन र यसो गर्नाले शरीरमा भारीपन तथा ग्याँसको समस्या हुन दिंदैन ।

२) खाना खाएको आधा घण्टा पछि तातो पानी पिउनाले शरीरमा अतिरिक्त बोसो जम्ने प्रक्रियालाई कम गरिदिन्छ । ताताो पानी शरीरमा जम्मा भएका अनावश्यक बोसोलाई पगालेर ट्रान्सफर्म गर्ने काम गर्दछ तथा यसलाई मल-मूत्र तथा पसीनाको माध्यमबाट शरीरबाट बाहर निकाल्न सहयोग गर्दछ ।

ग्रीन-टीको सेवन गर्नुहोस्
१) ग्रीन-टीको सेवन गर्नाले शरीर डिटक्स (बिषाक्त रहित) रहन्छ । अर्थात शरीरमा रहेका अनावश्यक, हानिकारक तथा बिषाक्त तत्वहरु जम्म हुन पाउदैनन । ग्रीन-टीको प्रयोगले पाचन प्रक्रियालाई व्यवस्थित राख्न पनि सहयोग गर्दछ तथा यसको नियमित सेवनले पेटको समस्या हुन दिंदैन । यसकारण स्वस्थ्य तथा और तन्दरुस्त शरीरका लागि तपाईं हरेक दिन ग्रीन-टीको सेवन गर्नुहोस् ।

२) यदि तपाईंले अहिलेसम्म ग्रीन-टीको सेवन गर्नुभएको छैन भने चाडबाडको यो मौसम उपयुक्त हुनसक्छ । यसले चाडबाडमा स्वाद र आनन्दको पलमा बुझेर-नबुझेर हुने अत्यधिक खानपान (Over Eating) का कारण डायट चीटको असर तपाईंको फिटनेसलाई खराब गर्न नसकोस् ।

धेरै गुलियो-मिठो खानेकुराहरु नखानुहोस्
१) चिनी एउटा यस्तो खाद्यवस्तु हो जसले गतीका साथ मोटोपन बढाउने कार्य गर्दछ । तर हाम्रो यता त गुलियो-मिठो स्वादिष्ट मिठाई बिना त चाडबाडको कल्पना पनि गर्न सकिन्न । विशेषगरी तिहार र होलीमा त सोंच्न पनि सकिन्न ।

२) तर मिठाको लोभमा तपाईंले आफ्नो शरीरमा खर्चिनुभएको मिहिनतमाथी पानी त फेर्नुभएन । त्यसकारण आवश्यक छ कि तपाईं यस्तो गुलियो-मिठो खानेकुराहरु रोज्नुहोस् जसमा चिनीको चाश्नीको अत्यधिक उपयोग नभएको होस् । किनकी विशेषगरी चाश्नीमा तयार गरिने मिठाइहरु चाश्नीमा डुबाउनु अघि डीप फ्राई गरिएका हुन्छन् । यसबा फ्याटको मात्रा अन्य मिठाइहरुको तुलनामा अत्यधिक हुन्छ ।

३) चाडबाडमा गुलियो-मिठोका सौखिनहरुका लागि घरमैं बनाइएको खीर उत्तम बिकल्प हुनसक्छ । काजूको कतली, छेना रसबरी अर्थात् सेतो रसबरीको उपभोग गर्न सकिन्छ । तर यि मिठाइहरुको सेवन सीमित मात्रामा गर्नुहोस् । परीवारजन तथा इष्टमित्रहरुको घर जाँदा सिङ्गो मिठाइको पीस खानेको साटो सानो टुक्रा (Small Bites) खानुहोस् । रसबरी खाने सबैभन्दा उत्तम तरिका भनेको यसको डल्लोलाई खानुअघि चम्मचले थिच्नुहोस्, यसोगर्दा त्यसमा भएको अधिकांश चाश्नी रसबरीबाट बाहिर निस्कन्छ र तपाईंले न्यूनतम चाश्नी भएको रसबरीको मजा पनि लिनसक्नुहुनेछ । यसोगर्दा तपाईंको इष्टमित्रलाई तपाईंले खादै खानुभएन भन्ने गुनासो पनि रहन्न र तपाईंको फिटनेस पनि बनिरहन्छ ।


Loading comments...