के हो गठिया अर्थात आर्थराइटिस? कसरी हुन्छ यसको पहिचान र उपचार?


आर्थराइटिस अथवा गठिया जसलाई संधिशोथ पनि भन्ने गरिन्छ । यसमा हड्डिका जोडहरुमा सुन्निने समस्या हुन्छ । गठियाका पीडितहरुको एउटा हड्डिको जोडमा समस्या देखिंदा एक वा एक भन्दा बढी शरीरका अन्य हड्डीका भागहरुलाई प्रभावित गर्न सक्छ । गठियाको लक्षण विशेषतः उमेरसँगै विकसित भइरहन्छ, तर यो अचानक कुनैपनि समय देखिन सक्छ । संधिशोथ अर्थात गठिया ६५ वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुमा देखिन्छ, जबकी यो केट्केटी, टीनएजर्स तथा युवाहरुमा पनि विकसित हुनसक्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा गठियाको समस्या बढी हुने गर्दछ । विशेषतः ति महिलाहरुमा जसको तौल बढी छ ।

आर्थराइटिस अर्थात गठिया दुई प्रकारका हुन्छन्ः

    • अस्टियोआर्थराइटिस (अस्थिसंधिशोथ)
    • रूमेटाइड आर्थराइटिस (रुमेटी संधिशोथ)
डा. इर्शादूल हक
Medical Officer at Om Hospital & Research Center Pvt. Ltd

गठिया (आर्थराइटिस) को लक्षण – Symptoms in Nepali

कसरी पत्ता लगाउन सकिन्छ (लक्षणहरुको आधारमा) कि हामी कुनै किसिमको आर्थराइटिसको समस्याबाट प्रभावित हो भइरहेका छौं? यसो त यसको पुष्टिका लागि चिकित्सीय परामर्शको आवश्यक्ता पर्दछ, किनकी यसमा कैंयन प्रकारका विविधता भेटिएका छन् ।

हड्डीको जोडहरुमा पीडा, जकडिएको जस्तो अथवा सुन्निनु गठियाको सबैभन्दा प्रमुख लक्षणहरुमा पर्दछ, साथै संधिशोथको समस्याका क्रममा तपाईंको प्रभावित अंग रातो हुँदै आउछ । यस्तो अवस्थामा तपाईंको हिंडाईको गति पनि कम हुनसक्छ । केही मानिसहरुमा गठियाको लक्षण बिहानी समयमा बढी प्रभावी देखिन्छ ।

तपाईं घुँडा, कुहिनो, काँधे, हाथ या पूरै शरीरको कुनै पनि जोडमा गठियाको पीडाकाो अनुभव गर्न सक्नुहुन्छ । रुमेटी गठियामा तपाईंलाई थकान महशुस हुनसक्छ अथवा प्रतिरक्षा प्रणालीको गतिविधि न्यून हुँदै गएर जोडहरु सुन्निएका कारण तपाईंलाई भोक नलाग्ने समस्या देखिनथाल्छ ।

तपाईंलाई एनीमिया पनि हुनसक्छ – जसका कारण तपाईंको शरीरमा रगतको मात्रा कम हुनपुग्छ र कहिलेकाही गठियाको बढ्दो तीव्र प्रभावका कारण रोगीलाई ज्वरो पनि आउनसक्छ ।

गम्भीर रुमेटी गठियाको यदि समय छँदै उपचार नगरिएको खण्डमा बिरामीको हड्डीका जोडहरुलाई नराम्रो तरिकाले खराब गर्नसक्ने कारण बन्न सक्छ ।

गठिया रोगमा हाथ तथा खुट्टामा गाँठो बन्न थाल्दछ तथा उपचारमा ढिलाभएको खण्डमा यो समस्याले गम्भीर रुप लिनसक्छ । जस्तै कपाल कोर्न अप्ठेरो हुने, सिढी चढ्न तथा हिंडडूल गर्न समेत गार्ह्रो हुँदैजान्छ ।

गठिया (आर्थराइटिस) को कारण

कार्टिलेज तपाईंको हड्डीका जोडहरुमा हुने एक नरम तथा लचीलो ऊतक (टिशु; tissue) हो । जतिबेला तपाईं हिंडडूल गर्नुहुन्छ र तपाईंका हड्डिका जोडहरुमा दवाब पर्छ त्यतिबेला कार्टिलेजले प्रेशर तथा शकलाई अवशोषित (absorption) गरी जोडलाई बचाउन सहयोग गर्दछ । कार्टिलेज ऊतकहरुको मात्रामा कमीका कारण कैंयन प्रकारका गठिया हुने गर्दछन् ।

सामान्य चोटहरु पनि अस्टियो आर्थराइटिसको कारण बन्ने गर्दछ । यो गठियाको सबैभन्दा सामान्य रूपमध्ये एउटा हो । हड्डीका जोडहरुमा संक्रमण (infection) या चोट कार्टिलेज ऊतकहरुको प्राकृतिक मात्रालाई कम गर्न सक्दछ । यदि परिवारका अन्य सदस्यहरुमा यो समस्या पहिलेदेखि चलीआएको छ भने यो रोग नयाँ पुस्ताहरुसम्म पनि जारी रहने सम्भावना रहिरहन्छ ।

गठियाको एक अर्को आम रुप हो रुमेटी आर्थराइटिस, यो एक प्रकारको अटोइम्यून डिसअर्डर हो । यसको शुरुआत त्यसबेला हुन्छ जतिबेला तपाईंको शरीरको प्रतिरक्षा प्रणाली शरीरको ऊतकहरुमा हमला गर्न सक्छ । यि हमलाका कारण सिनोवियममा प्रभाव पर्दछ । सिनोवियम तपाईंको हड्डीको जोडहरुमा हुने एक नरमखालको टिशु हो । जसले लिक्विडलाई बनाउदछ जसका कारण कार्टिलेजलाई पोषण तथा जोडलाई आवश्यक चिप्लोपन दिनेगर्दछ । रुमेटी गठिया सिनोवियममा हुने एक खालको रोग हो जसले हड्डीको जोडहरुमा हमला गरेर त्यसलाई नष्ट गरिदिन्छ । यो समस्या जोड भित्रको हड्डी तथा कार्टिलेजलाई नष्ट हुने कारण बन्न सक्छ ।

यसो त इम्यून सिस्टममा हुने हमलाका सही कारण यही हो भन्न सकिन्न, तर वैज्ञानिकहरुका अनुसार जीन (genes), हार्मोन तथा पर्यावरणीय कारण रुमेटी गठियाको जोखिमलाई दशगुणा बढाउन सक्छ ।

गठिया (आर्थराइटिस) बाट कसरी बच्ने? – Prevention of Arthritis in Nepali

अर्थराइटस एउटा गम्भीर स्वास्थ्य समस्या हो, जसको उपचार समय हुँदै गर्न आवश्यक छ । संतुलित आहार तथा सरल जीवनशैलीबाट तपाईं आफूलाई यो रोगबाट टाढा राख्न सक्नुहुन्छ । सन्तुलित आहाराले न केवल रोगलाई रोक्न मदत गर्छ कि कैंयन रोगहरुलाई स्वाभाविक रूपबाट ठीक गर्ने पर्याप्त क्षमता पनि हुन्छ । गठिया शरीरमा आवश्यक्ता भन्दा बढी यूरिक एसिड बढेका कारण पनि हुनसक्छ । विशेषतः गठियाको रोग जोड सुन्निएको अवस्थालाई कम गर्ने ओखतिहरुमा निर्भर हुनेगर्दछ र यो रोगको स्थाई समाधान भने छैन । किनकी यो औषधिहरुको कैंयन साइड इफेक्ट हुनसक्दछन् । यस्तोमा यो रोगबाट दूरी बनाइराख्नका लागि तथा राहत पाउनका लागि यो आवश्यक छ कि तपाईं उचित आहार तथा स्वस्थ जीवनशैलीलाई अपनाउनुहोस् । एकातर्फ जहाँ गलत आहार तथा अनेकखाले रोगहरुलाई जन्म दिनसक्छ । त्यहिं उचित आहार तथा नियमित खानपानबाट तपाईं कैयन रोगहरुबाट निदान पाउन सक्नुहुन्छ । तपाईंको आहारमा केही उचित खाद्यपदार्थहरुलाई शामिल गरेर तथा केही अनुचित खाद्यपदार्थहरुलाई छोडेर, गठिया तथा त्यसले दिने असहनीय पीडाबाट आराम पाउन सक्नुहुन्छ । याद राख्नुहोस् यो रोगको उपचारमा बेपरवाह नहुनुहोस् ।

गठिया (संधिशोथ) को परीक्षण – Diagnosis of Arthritis in Nepali

परामर्शका क्रममा चिकित्सकले तपाईंको गठियाको उपचारका लागि सबैभन्दा पहिले यो हेर्दछन् कि के तपाईंमा गठियासँग सम्बन्धित लक्षणहरु देखिएका छन् वा छैनन । यदि हो, भने त्यो कसरी विकसित भयो, त्यसपछि चिकित्सकले तपाईंको सामान्य सोधपुछ सहितको सामान्य परिक्षण गरी तपाईंलाई केही अन्य परिक्षणका लागि भन्नेछन् ।

चिकित्सकले गठियाको परिक्षण कसरी गर्दछन्? – How do doctors check for arthritis in Nepali
परिक्षणका क्रममा चिकित्सकले तपाईंसँग निम्न प्रश्नहरु गर्नसक्छन्ः

  • तपाईंलाई शरिरको कुन अङ्गमा अथवा कुन भागमा पीडा भइरहेको छ? (हड्डीको जोडमा अथवा जोडको बीचमा) तथा कुन जोड पीडाबाट ग्रस्त छ ।
  • तपाईंको जोडमा अथवा जोडको छेउछाउ सुन्निएको, तात्तिएको, रातोपन तथा छुँदा पीडा त छैन ? सुन्निनु भनेको गठियाको संकेत हुनसक्छ ।
  • चिकित्सकले तपाईंको स्वास्थ्यको अन्य स्थितिहरुकाो बारेमा सोधपूछ गर्नसक्छन्, किनकी गठिया तपाईंको शरीरको अन्य अंगहरुलाई पनि प्रभावित गर्न सक्दछन् ।

यसपछि तपाईंको चिकित्सकले तपाईंको परिक्षण गर्दै यि संकेतहरुलाई खोज्नेछन्ः

हड्डीको जोडहरु सुन्निनु भनेको इनफ्लेमेटरी आर्थराइटिसको कारण हुन सक्छ ।
पीडा तथा सीमित मूवमेन्ट, साथै झनझनाहट महशूस गर्नु (Crepitus), जुन अपक्षयी (Degenerative) गठिया जस्तो कि अस्टियो आर्थराइटिसको संकेत हुन सक्छ ।
नरम ऊतक (Tissues) लाई छुँदा असहज हुने तथा पीडा महशूस हुनु ।
मुखमा बिमिरा या अल्सर हुनु पनि गठियको संकेत हो ।

गठिया निदानका लागि परिक्षण – Tests for arthritis diagnosis in Nepali

१) गठियाका लागि प्रयोगशाला परीक्षण – Lab tests for arthritis in Nepali
कैंयन प्रकारका शारीरिक तरल पदार्थहरुको जाँच बाट गठियाको बारेमा बताउन सकिन्छ ।

विशेषतः ब्लड टेस्ट (रक्त परिक्षण), यूरिन टेस्ट (पिसाब परिक्षण) तथा हड्डीको जोडहरुको तरल पदार्थको परिक्षणहरु हुन् ।

तपाईंको हड्डीको जोडहरुबाट तरलपदार्थको एउटा नमूना लिनका लागि चिकित्सकले सबैभन्दा पहले तपाईंको हड्डीको जोडलाई सफा गर्नेछन्, फेरी त्यस भागलाई लठ्ठयाउने औषधी लगाएर इन्जेक्टसन (सुई)को मदतले तरल पदार्थ निकाल्नेछन् ।

२) गठियाका लागि इमेजिङ परिक्षण – Imaging tests for arthritis in Nepali
केही यस्तो परीक्षण छन् जसबाट तपाईंको हड्डीको जोडको भित्र रहेको समस्याहरुको पत्ता लगाउन सकिन्छ, जसका कारण तपाईंमा गठियाको लक्षण देखिएको छ । जस्तो किः

गठियाका लागि एक्स-रे – X-Ray for Arthritis in Nepali
गठियाका लागि चुम्बकीय अनुनाद इमेजिङ (सीटी स्क्यान) – CT Scan for Arthritis in Nepali
आर्थराइटिसका लागि एमआरआई – MRI for Arthritis in Nepali
आर्थराइटिसका लागि अल्ट्रासाउण्ड – Ultrasound for Arthritis in Nepali

१) गठियाका लागि एक्स-रे
यसमा हड्डीलाई हेर्नका लागि रेडिएशन (विकिरण) को कैंयन स्तरको प्रयोग गर्ने गरिन्छ । एक्स-रेबाट कार्टिलेजलाई भएको असर, हड्डीमा भएको क्षति तथा हड्डीको प्रवाह हेर्न सकिन्छ । एक्स-रेबाट प्रारम्भिक गठियाबाट भएको क्षतीलाई हेर्न सकिदैन, तर यसको सहयोगबाट रोग कुन रफ्तारमा बढ्दै गएको छ भन्ने कुरा बुझ्न सहयोग प्रदान गर्दछ ।

२) गठियाका लागि सीटी स्क्यान
सीटी स्क्यानरले बेग्लै कुनाबाट एक्स-रे लिने गर्दछ । जसबाट आन्तरिक सन्रचनाहरुको पूरै जानकारी प्राप्त हुन्छ । सीटी स्क्यानरबाट जोडको दुवै हड्डि तथा छेउछाउमा रहने नरम ऊतकहरु स्ष्टसँग देख्न सकिन्छ ।

३) आर्थराइटिसका लागि एमआरआई
एउटा शक्तिशाली चुम्बकीय क्षेत्र सहितको रेडियो तरङहरकुो संयोजनलाई म्याग्नेटिक रेजनन्स इमेजिङ (एमआरआई; MRI) नरम हड्डी, कुरकुरे हाड तथा स्नायुबन्धन जस्तो नरम ऊतकहरु (Tissue) को स्तरीय क्रस-सेक्शनल तस्वीर खिच्दछ । एमआरआई स्क्यानबाट शरीरको आन्तरिक संरचनाहरुको स्तरीय तस्वीर प्राप्त हुन्छ, जसबाट नरम ऊतकहरुमा लागेको रोगहरुबारे सजिलै पत्ता लगाउन सकिन्छ ।

४) आर्थराइटिसका लागि अल्ट्रासाउण्ड
एमआरआई तथा अल्ट्रासाउण्ड दुवै एक्स-रेको तुलनामा हड्डिहरुमा आएका चिरा या घिसिएको पत्ता लगाउनमा बढी प्रभावकारी साबित हुने गर्दछ । साथै यसबाट हड्डी सुन्निएको पनि स्पष्ट देख्न सकिन्छ, जसका लागि खासरुपमा हामीले रक्त परिक्षण (Blood Test) अथवा हड्डीको जोडलाई महशूस गर्नका लागि औंलाको उपयोग गर्ने गरिन्छ । अल्ट्रासाउण्डको उपयोग हड्डीको जोडबाट लेसिलो तरलपदार्थलाई निकाल्न तथा इन्जेक्शनका लागि सुई कुन ठाउँमा लगाउने भन्ने निर्णय लिन पनि गर्ने गरिन्छ ।

गठिया (आर्थराइटिस) को उपचार – Arthritis Treatment in Nepali
गठियाको उपचार कसरी गर्ने गरिन्छ?

गठियाको उपचार तपाईंमा देखिएको लक्षणहरुमा सुधार तथा हड्डिको जोडहरुले गर्ने कार्यलाई राम्रो गर्नका लागि गर्ने गरिन्छ । इसको उपचार गर्नु अघि यो सुनिश्चित गर्नुहोस् कि तपाईंका लागि सबैभन्दा राम्रो उपचार कुन हुनेछ ।

औषधीहरुः गठियाको उपचारमा प्रयोग गर्ने औषधीहरु गठियाको प्रकारमा निर्भर गर्दछ । प्रायः गठियाको उपचारमा निम्नलिखित औषधीहरुको प्रयोग हुनेगर्दछः

  • पीडा कम गर्ने औषधीहरु (Analgesics) – यो औषधीहरुबाट पीडा कम हुनेगर्दछ, तर सुन्निएको भागमा भने यसले कुनै असर अथवा समाधान दिंदैन । जस्तैः एसिटामिनोफेन (Acetaminophen)
  • नन-स्टीरयडल एन्टी-इन्फ्लमेट्री औषधी (Non-steroidal anti-inflammatory drugs) (NSAIDs) – यो औषधीहरु पीडा तथा सुन्निएको दुवैलाई कम गर्नेगर्दछ, उदाहरणका लागि – आइबूप्रोफेन (Ibuprofen) । केही औषधीहरु क्रिम अथवा जेल (Gel) को रूपमा उपलब्ध छ । जसलाई हड्डीको जोडको पीडा भएको भागमा दल्ने गरिन्छ ।
  • कर्टिकस्टेरइड्स (Corticosteroids) – यसले सुन्निएको भागलाई कम गर्दछ तथा प्रतिरक्षा प्रणालीमा दबाव राख्दछ । यसलाई पानीको सहयोगमा मुखबाट निल्ने गरिन्छ अथवा इन्जेक्शनको सहयोगबाट पीडा भएको हड्डीको जोडमा लगाउने गरिन्छ ।
  • काउन्टर इर्रिटेन्ट्स (Counter-Irritants) – गठियाका कारण हुने पीडा रोक्नका लागि, यसलाई पीडा भएको जोडको त्वचामा लगाउने गरिन्छ ।
  • डिजीज-मडिफाइङ एन्टी-रूमेटिक औषधीहरु (Disease-modifying anti-rheumatic Drugs) (DMARDs) – यसको प्रयोग रूमेटाइड गठिया (Rheumatoid Arthiritis) लाई ठीक गर्नका लागि गर्ने गरिन्छ ।
  • केही किसिमका गठियाको उपचार शारीरिक चिकित्साद्वारा समेत गर्नसकिन्छ । शारीरिक व्यायाम गर्नाले हिंडडूलको गतिको सीमामा सुधार हुनसक्छ, तथा यसबाट हड्डीका जोडको छेउछाउको मान्सपेशिहरु पनि बलियो हुन्छन् ।

शल्यक्रिया (सर्जरी Surgery/Operation)

यदि उपरोक्त कुनैपनि उपचारविधीबाट तपाईंको स्वास्थ्य सुधार हुन्न भने चिकित्सकले अन्तिम् विकल्पको रुपमा तपाईंलाई पीडाभएको शरीरको भागमा रहेको जोडको शल्यक्रिया (सर्जरी) गर्ने सल्लाह दिनसक्छन् । जस्तो कि –

    • शल्यक्रियाको सहयोगमा हड्डीको जोडलाई ठीक गर्नु – केही घटनाहरुमा, हड्डीको जोडको सतहलाई चिल्लो तथा पुनः संगठित गरिदिइन्छ । जसबाट जोडमा हुने पीडा कम हुन्छ र जोडले गर्ने काम पहिलेभन्दा राम्रो हुँदैजान्छ ।
    • घुँडाको जोडलाई फेर्ने शल्यक्रिया – यो प्रक्रियामा, खराब घुँडाको जोडलाई कृत्रिम जोडले प्रतिस्थापित गर्ने गरिन्छ । जैस्तो कि – कुहिनो तथा घुँडाको जोड ।
    • ज्वाइन्ट फ्यूजन (Joint Fusion) (दुई हड्डिहरुलाई आपसमा जोड्ने गरिन्छ) – यसको प्रयोग प्रायः स-साना हड्डीका जोडहरुमा गर्ने गरिन्छ, जस्तो कि – पाखुरा, गोलीगाडा (Ankle) औंलाको जोडहरु ।

अन्य उपचारः केही गठिया पीडितहरुले उपचारका लागि अन्य उपचार विधीहरुको समेत सहारा लिने गर्दछन् । जस्तो कि –

  • एक्यूपञ्चर – यो चिकित्सामा कैंयन प्रकारको शारीरिक पीडाहरुलाई कम गर्नका लागि त्वचाको विशिष्ट बिन्दुहरुमा रौं जस्ता मसिना सियोहरुले घोप्ने गरिन्छ ।
  • ग्लूकोसेमिन – ति बिरामीहरु जसलाई मध्यदेखि तीव्र पीडा हुनेगर्दछ, उनीहरुलाई यो औषधीको सेवनले आराम प्राप्त हुन्छ ।
  • योग – योग गर्नाले हड्डीका जोडको लचीलोपन तथा गतिको सीमा राम्रो हुँदै जान्छ ।
  • तेल मालिश – तेल मालिश (यसले रगतको बहावलाई बढाउने गर्दछ) गराउनाले कुछ समयका लागि हड्डिको जोडहरुमा हुने पीडाबाट आराम भई न्यानो प्राप्त हुन्छ ।

Loading comments...