पार्टी फुटाएर देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी नगरौं- नेता रावल


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य डा। भीम रावलले फुट र विभाजनको बाटो नरोज्न चेतावनी दिएका छन् ।

नेता रावलले बुधबार बिहान एक ट्वीट सन्देश सार्वजनिक गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन् ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।

फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’



Loading comments...