
अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ
४ मंसिर २०७७, बिहीबार २०:०२
सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका(४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।
हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लाइभमान्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत