
‘युनान : साङ्ग्रिला सांस्कृतिक आदानप्रदान’ कार्यक्रम ७ दिन हुने (प्रदर्शनमा राखिने केही तस्वीरसहित)
४ मंसिर २०७७, बिहीबार २३:०७
काठमाण्डौ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वर्षगाँठका अवसरमा नेपाल–चाइना मिडिया फोरमले ‘युनान : साङ्ग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही नोभेम्बर २० देखि २६ तारिखसम्म हुने कार्यक्रमको शुक्रबार राष्ट्रियसभाका अध्यक्ष र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा उद्घाटन गरिने कार्यक्रम छ । कार्यक्रममा महत्वपूर्ण तस्वीर, हस्तकला, साङ्ग्रिलाका आकर्षक विशेषता झल्काउने सामग्री आदिको प्रदर्शन गरिने मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।
चीन सरकारको सूचना कार्यालय र चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तका प्रचार विभागको सहयोगमा हुने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका युनान प्रान्तका सदस्य च्वाओ छिनले पनि मन्तव्य दिनेछन् ।
अध्यक्ष श्रेष्ठले कार्यक्रमले दुवै देशको आपसी सम्बन्ध तथा रणनीतिक साझेदारीको प्रवर्द्धनका लागि योगदान गर्ने अपेक्षा व्यक्त गरे । मध्यएशियामा अवस्थित युनान हिमाल नेपालको नजिकै पर्ने भएकाले यससँग जोडिएको संस्कृतिका माध्यमबाट सांस्कृतिक आदानप्रदानको आधारभूमि खडा गर्न सक्ने मानिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला