बिशाल घिमिरेको निर्देशनमा र देबेन्द्र बब्लुको संगीत स्वरमा ‘मयाले नि के के गर्च गर्च’ सार्वजनिक


काठमाडौं। पछिल्लो समय नेपाली गित संगीतमा छोटो समयमा निकै नै लोकप्रिय बनेका बहुप्रतिभाका देबेन्द्र बब्लुको संगीत स्वरमा‘मयाले नि के के गर्च गर्च”सार्वजनिक भएको छ ।

योगेश काजीको संगीत संयोजन रहेको गीतमा नेपाली सुगम संगीत तथा समग्र नेपाली गति संगीतमा बिगत लामो समय देखि कलम चलाएका हर्क साउदको उत्कृष्ट शब्द सृजना रहेको छ भने पछिल्लो समय युवापुस्ता माझ निकै नै लोकप्रिय बनेकी गायिका एलिना चौहानको स्वर रहेको छ ।

देबेन्द्र बब्लुको परिकल्पना रहेको म्युजिक भिडियो बिशाल घिमिरेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक स्वयंम आफै र रोशनी कार्कीको मुख्या भूमिका रहेको छ । अनिल अनिल कृष्ण मानन्धरले छायांकन गरेको म्युजिक भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा युद्द,आन्दोलनको झल्को ल्याएता पनि हरेक कुरामा मायाको नै विजय हुन्छ भन्ने कुराको चित्रण गरिएको छ ।


Loading comments...