
ट्वीटरले अमेरिकी राष्ट्रपतिको आधिकारिक ‘ह्याण्डल’ बाइडेनलाई कार्यकालको प्रथम दिन हस्तान्तरण गर्ने
७ मंसिर २०७७, आईतवार २१:०४
अमेरिका । अमेरिकी राष्ट्रपतिले आफ्नो आधिकारिक ट्वीट गर्नका लागि आधिकारिक ट्वीटर ह्याण्डल प्रयोग गर्ने चलन छ, यस अकाउण्ट राष्ट्रपतिलाई दिने चलन अनुरुप डोनल्ड ट्रम्पले प्रयोग गर्दाका सबै क्रेडेन्सियलहरु फेरेर उक्त ‘ह्याण्डल’ ट्वीटरले बाइडेनलाई दिने भएको हो ।
सन् २०२१ को जनवरी २० मा हुने बाइडेनको ह्वाइट हाउस प्रवेशलाई ट्वीटरले आफ्नो ह्याण्डल दिएर स्वागत गर्ने भएको हो । शुक्रबारका दिन अमेरिकी मिडियाहरुले यस तथ्यका साथै अझैसम्म पनि चुनावी नतिजाको स्वीरोक्तीका सम्बन्धमा ट्रम्पले केहि नभनिसकेको बताएका छन् ।
यस अकाउण्टलाई पोटुस अकाउण्ट भनिन्छ, जुन राष्ट्रपतिको आधिकारीक ट्वीटर ह्याण्डलको यूजर यूआरएल (User URL) मैं पनि उल्लेख गरिएको हुन्छ (https://twitter.com/potus) । ट्रम्पले यस आधिकारिक अकाउण्ट या ह्याण्डललाई प्राथमिकता नदिएर व्यक्तिगत अकाउण्टको ट्वीटलाई यसबाट रिट्वीट गर्न मात्र प्रयोग गरेको आरोप पहिल्यै देखि खेपिआएका थिए ।
चुनावी प्रचार-प्रसार दौरान नै ट्वीटरले ट्रम्पका केहि ट्वीटहरु अवास्तविक, भ्रामक तथा झुठो भन्दै हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।