कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ


रोल्पा । रोल्पा नगरपालिका-५ छाप बस्ने ५६ वर्षीय भिमराज घर्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।


मादक पदार्थ सेवन गरी मोहनले बिहीबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका भिमराजको प्युठानको स्वास्थ्य चौकीमा सामान्य उपचार तथा राप्ती विज्ञान प्रतिष्ठान दाङ हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Loading comments...