मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ – कमल थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । काठमाडौँ महानगरले रत्नपार्कको नाम बदलेर शंखधर उधानु बनाएको थियो ।

अध्यक्ष थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय गलत भएको भन्दै इतिहास मेटाउने कार्य अस्वीकार रहेको चेतावनी दिएका छन् । उनले तुरुन्त निर्णय सच्याउन महानगरलाई आग्रह गर्दै द्वन्द ननिम्त्याउन समेत अनुरोध गरेका छन् ।

अध्यक्ष थापाले जबर्जस्ती गरेमा अवरोध गर्ने चेतावनी दिदै महानगरले शंखधर जस्तो राष्ट्रिय बिभुतिको अरु कसैको नाममा रहेको र व्यापक प्रचलनमा आएको पार्कको नाम बदलेर अवमुल्यन गरेको बताएका छन् ।

उनले भनेका छन् –

रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।

नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस् । भव्य पार्क बनाईयोस् । हाम्रो पुरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ । निर्णय पुनर्विचार गरियोस् । द्वन्द निम्त्याउने काम नहोस् । इनफ इज इनफ

काठमाण्डौ मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ । राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन् । उहॅाको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाऔॅ ।

 


Loading comments...