राष्ट्रिय आविष्कार केन्द्रलाई कांग्रेस सचेतक घलेको सहयोग


काठमाडौं । नेपाली कांग्रेस संसदिय दल बाग्मती प्रदेश प्रमुख सचेतक राधा घले राष्ट्रिय आविष्कार केन्द्र किर्तीपुर, काठमाण्डौलाई बाग्मति प्रदेश सरकारबाट पाएको दशैं भत्ता बापत रकम ५६ हजार ८४० रुपैयाँ हस्तान्तरण गरेकी छन् ।

महाबिर पुनलाई हस्तान्तरण गर्दै भनिन्, नयाँ नयाँ आविस्कारहरु गरेर राष्ट्रको नाम उच्चो गर्ने काम त छदैंछ, त्यसका बावजुद पनि यो कोरोनाको माहामारी सुरु भएदेखिनै जुन काम राज्य सरकारले गर्न नसकिरहेको अवस्थामा बिग्रेर थन्किएको भेन्टिलेटर मेसिन निःशुल्क रुपमा मर्मत गर्नका साथै पिपिइ पोशाक लगायतका स्वस्थ्य उपकरणहरु निःशुल्क बितरण गर्ने र कोरोना संक्रमणले सांस फेर्न निक्कै गह्रो भएको मानिसहरुलाई सिपिएपि मेसिनहरु उपलब्ध गराईरहनुभएको छ । तपाईले देश र जनता प्रति पुर्र्याउनु भाएको योगदानको जति प्रसंसा गरे पनि कम नै हुनेछ ।

प्रदेश सांसद एबम् काँग्रेस युवा नेतृ घलेले बिज्ञप्तीमार्फत भनिन्, देश कोरोना भाइरस कोभिड १९ को माहामारीबाट गुज्रीरहेको र लामो समयको लकडाउनको कारणले गर्दा जनजीवन अस्तव्यस्त भएको, कोभिडको संक्रमण दर र मृत्यु दर बढदो अवस्थाको कारण परिस्थिती झनै असहज भएको, नागरिकहरु रोग र भोकले अक्रान्त भैरहेको अवस्थामा सरकारले सांसदहरुलाई दशैं भत्ता दिन आवश्यक थिएन ।

यतिखेर सरकारको प्रमुख दायित्व जनताको जीवन रक्षार्थ कोभिडको परिक्षण र उपचार हुनुपर्नेमा सरकारले जनताको परिक्षण र उपचार दुबै नगर्ने घोषणा गर्दै नागरिक दायित्वबाट पन्छिएको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतले कोरोना कोषमा राखेको रकमको खर्च पारदर्शी नगरेको हुनाले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दशैं भत्ता बापतको रकम सरकारलाई फिर्ता नगर्ने र सांसदहरु आफैंले आ–आफ्नो क्षेत्रमा जनताको जीवन रक्षार्थ खर्च गर्ने निर्णय २०७७ कार्तिक ४ गते नै गरिसकेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस कोरोना अध्ययन समिति सदस्य सरिन घिमिरेलगायत नेताहरुको उपस्थितिमा आविष्कार केन्द्रका प्रमुख पुनःलाई नेतृ घलेले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।


लाइभमान्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई  [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर, यूट्युब पनि जोडिन सक्नुहुन्छ ।


Loading comments...