
कांग्रेसले सुसाइड गेम नखेलोस्, सटिक निर्णय गरोस् : कांग्रेस नेता दिपक गिरी
काठमाडौं । नेपाली कांग्रेसका नेता दिपक गिरीले कांग्रेसले सुसाइड गेम खेल्न नहुने भन्दै तत्काल केन्द्रीय समिति बैठक बोलाएर सटिक निर्णय लिनुपर्ने बताएका छन् । पूर्वमन्त्री समेत रहेका गिरीले काग्रेस केन्द्रीय समिति बैठक बोलाउनुपर्नेमा जोड दिँदै भने, `कांग्रेसले सुसाइड गेम नखेलोस् । केन्द्रीय समिति बैठक बोलाई सटिक निर्णय लेओस्´ उनले भने ।
नेता गिरीले अहिले नेपाली कांग्रेस सरकारमा जान नहुने पनि बताए । त्यस्तै, उनले सरकार पूर्ण असफल भइसकेको दाबी पनि गरे । `नेपाल इतिहासकै संकटपूर्ण अवस्थामा छ । विश्वलाई नै समस्यामा पारेको कोरोना महामारीको प्रकोप बढ्दो छ ।
“सुखी नेपाली, समृद्ध नेपाल´ कोनारा दिएर सरकारमा पुगेको नेकपाको सरकार आफ्नो जिम्मेवारीमा पूर्ण असफल सावित भइसकेकाोछ । न जनतालाई कोरोना महामारीमा उचित सम्बोधन गर्न सक्यो न विकास निर्माण,शान्ति सुरक्षा र जनतालाई डेलिभरी दिन” उनले भने, “उसो त, अहिले नेकपालाई अहिले जनताले दिएको करिब दुई तिहाई मतको बलियो सरकार टोक्नु न बोक्नु भएको छ । नेकपाभित्रको विवादले संसदलाई समेत विलखबन्दमा पारिएको छ ।”
त्यस्तै उनले कांग्रेसले नेकपाभित्रका विरोधीलाई तर्साउन फ्याँकेको `सत्ता साझेदारी´को कार्डमा कांग्रेस फस्न नहुने पनि बताए । “सरकारले गरेको कुशासन, भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्दै कांग्रेसले संगठन सुढिकरणमा ध्यान दिनुपर्छ । यो नै कांग्रेसको आजको मुख्य कार्यभार हो । कांग्रेसले सुसाइड गेम नखेलोस् । केन्द्रीय समिति बैठक बोलाई सटिक निर्णय लेओस्” नेता गिरीले भने ।
—
लाइभमान्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर, यूट्युब पनि जोडिन सक्नुहुन्छ ।