
भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दने भ्रमणमा आउदै
८ मंसिर २०७७, सोमबार १६:५८
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मंसीर ११ र १२ मा नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि यो पहिलो भ्रमण हो ।
यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहने जनाइएको छ । भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नुे गर्ने बताइएको छ ।
नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण रहने विज्ञहरु जनाउछन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा