Lifestyle Portal
  •   १४ माघ २०७९, शनिबार

अलविदा ! म्याराडाेना

११ मंसिर २०७७, बिहीबार ०५:१२

लोकप्रिय

काठमाडौं । फुटबल लिजेन्ड डिएगो म्याराडोनाको हृदयघातका कारण ६० वर्षको उमेरमा मृत्यु भएको छ । बेलायती पत्रिका द सनले अर्जेन्टिनी समाचारपत्र क्लारिनलाई उदृत गर्दै अर्जेन्टिनी फुटबलर म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

पूर्व अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयघातका कारण निधन भएको हो । उनको मष्तिष्कमा रक्तश्राव भएपछि उनी अस्पताल भर्ना भएका थिए । तर, म्याराडोनाको परिवारबाट भने मृत्युको पुष्टि हुन बाँकी रहेको दी सनले जनाएको छ । म्याराडोना नेतृत्वको टोलीले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

त्यतिबेला उनले इङ्ग्ल्यान्डविरुद्धको खेलमा गरेको महत्त्वपूर्ण गोल विवादित बनेको थियो । उनको यसअघि मस्तिष्कको शल्यक्रिया गरिएको थियो । म्याराडोनाको मस्तिष्कमा रक्तस्राव भएको आशङ्कामा नोभेम्बर महिनाको सुरुतिर शल्यक्रिया गरिएको थियो । सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएपछि म्याराडोनाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या खेप्नुपरेको थियो । आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए । सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो ।

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए । सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्न चुक्यो ।

फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना लागुऔषध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई लागुऔषध प्रयोग गरेकै कारण १५ महिना प्रतिबन्ध लगाइएको थियो । उनले ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका हुन् । २००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त पद छाडे । अर्जेन्टिना उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल