पूर्वयुवराज पारस शाहको छातीमा समस्या, उनि बसेको होटलमा नै उपचार हुदै


चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएर अस्वस्थ भए पस्च्यात अस्पताल भर्ना भएका छन् । उनी नारायणगढस्थित एक होटलमा मङ्गलबार पुगेका थिए ।  साहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको थियो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उहाँलाई होटलमै ईसिजी गरिँदै छ ।

ईसीजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए । रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।

तस्वीर सामाजिक संजाल


Loading comments...