भारत र नेपाल निकटम मित्र होः भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला


भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल सरकारको निमन्त्रणामा २ दिनको भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । विदेश सचिव बने पछि यो उनको पहिलो नेपाल भ्रमण हो । भ्रमणको क्रममा रहनुभएका श्रंगलालाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव भरत पौडेलले स्वागत गर्नुभएको थियो ।

विमानस्थलको अति विशिष्ठ कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रृंगलाले नेपाली मैं कुराकानी गर्नुभएको थियो । उक्त क्रममा “हाम्रो सम्बन्ध निकै मजबुत छ, नेपालमा आएर मलाई निक्कै खुसी लागेको छ, म पहिले पनि काठमाण्डौ आएको छु । तर, विदेश सचिवका रुपमा यो मेरो पहिलो भ्रमण हो । भारत र नेपाल निकटम मित्र हो । मेरो निक्कै मिटिङ हुन्छ आज, आजको मिटिङमा यो मित्रतालाई अझै गाढा बनाउने विषयमा छलफल हुनेछ ।

मेरो पहिलो मिटिङ परराष्ट्र सचिवसँग हुनेछ । त्यसपछिको मिटिङ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग हुनेछ । अन्य व्यक्तित्वसँग पनि भेट हुन्छ । भेटको कार्यतालिका तपाईहरुलाई थाहा होला ।”

पुरा भिडियो हेर्नुहोस्ः


Loading comments...