काकाको हत्या गरेको अभियोगमा भतिजा पक्राउ


महोत्तरी । आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका(१ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...