Lifestyle Portal
  •   १८ माघ २०७९, बुधबार

२६/११ मुम्बई आतंकी हमलामा ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय एकता अभियानको मैनबत्ती र्‍याली

१२ मंसिर २०७७, शुक्रबार २१:१५

लोकप्रिय

काठमाण्डौ । २६/११ मुम्बई आतंकी हमलामा मारिएकाहरूको सम्झनामा राष्ट्रिय एकता अभियानले मैनबत्ती र्‍याली निकालेकाे छ। र्‍यालीमा अभियानका दर्जनौ कार्यकर्ताहरूको सहभागीता रहेको थियो। अभियानले निकालेको उक्त र्‍याली महाराजगन्जबाट सुरू भइ पकिस्तानी दूतावास अगाडि काेण सभामा परिणत भएको थियो।

२६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुम्बईको इतिहासकै सबैभन्दा ठूलो आतंकवादी हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो।

उक्त आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत ब्यक्त गरेको छ।

अभियानले निकालेको र्‍यालीमा पाकिस्तान-आतंकवादलाई प्रसय दिन बन्द गर, आतंकवादको अन्त नै विश्वशान्तिको आगमन र आतंकवादलाई प्रसय दिने देश अपराधी लगायतका नारा लगाइएको थियो।

अभियानका संयोजक विनय यादवले पाकिस्तानमा लुकेका आतंकवादीहरूलाई कारवाही नहुन्जेलसम्म विश्वमा शान्ति कायम हुन नसक्ने बताए।

हमलाकारीले मुम्बईका दुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकी हमला हुनसक्छ भन्ने अनुमान सुरुमा कसैलाई पनि थिएन ।

२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिएका थिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको त्यस आतंकी तान्डवको ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुगेर २९ नोभेम्बरमा समाप्त भएकाे थियो ।

हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भएको थियो भने । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएको थियो । फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।


सम्बन्धीत समाचार

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत