कसरी छाड्ने गुटखा खाने बानी?


गुटखा एउटा यस्तो विष हो जसले सेवन गर्ने व्यक्तिलाई विस्तारै-विस्तारै मार्न थाल्दछ । मानिसहरु गुटखाको सेवन शोखबाट शुरू गर्दछन तर पछि यो शोख बानीमा परिवर्तन हुँदै जान्छ । चाहेर पनि तपाईंले यसबाट छुटकरा पाउनुहुनेछैन । गुटखाजन्य उत्पादनहरुको सेवन अनेक रूपमा गर्ने गरिन्छ, जस्तैः जर्दा, रेडिमेड खैनी, हुक्का, चिलम, पान पराग, स्वीट सुपारी इत्यादी । गुटखा जस्तो विषबाट टाढा रहनका लागि तपाईंले केही उपाय तथा तरीकाहरु अपनाउन आवश्यक छ । यही तरिकाहरुको मददबाट तपाईंले गुटखा मात्र हैन सुर्तीजन्य अन्य उत्पादनहरु सेवन गर्ने खराब बानी सुधार गर्नसक्नुहुनेछ । यस लेखमा म तपाईंलाई गुटखा खाने बानी छुटाउने घरेलू उपाय, तरीकाबारे जानकारी दिन गईरहेको छु । यी उपायहरुको मददबाट तपाईंले गुटखाको खराब बानीलाई सजिलै छाड्न सक्नुहुनेछ ।

आउनुहोस् तपाईंको सु-स्वास्थ्यका लागि प्रस्तुत छ गुटखा छोड्ने घरेलू उपायः 

  1. गुटखा छोडनका लागि एउटा निश्चित समय तय गर्नुहोस्
  2. गुटखा छोडने कारण बुझ्नुहोस्
  3. गुटखा छोडनका लागि आफ्नो इच्छा/चाहनालाई नियन्त्रित गर्नुहोस्
  4. गुटखा छोडे पछि गर्ने के भन्ने कुरा तय गर्नुहोस्

गुटखा छोडनका लागि एउटा निश्चित समय तय गर्नुहोस्
यदि तपाईं गुटखा छोड्न चाहनु हुन्छ भने एउटा निश्चित समयावधी आफैले तय गरेर उक्त आफ्नो निर्णयमाथी अड्ने प्रयत्न गर्नुहोस् । कुनै पनि निर्णयमाथी तपाईंको कटिबद्धताका लागि निश्चित समय सीमा बाँधी त्यस समय सीमाको पालना गर्न सक्नुहुन्न भने गुटखा तपाईंले छाड्न सक्नुहुनेछैन, किनकि कुनै योजना नबनाएर तपाईं सजिलै आफ्नो पुरानो आनीबानीमा फर्किन सक्नुहुन्छ । त्यसकारण अब म यो समय सीमाभित्र गुटखा छाड्दैछु भनेर प्रण लिनुहोस्, तर आफ्नो योजनामा कुनै पनि किसिमको कडाई पनि नगर्नुहोस् । यो गुटखा छाड्ने योजना मेरो लागि हो, यो विष हो र यसको नियमित सेवनले हुनसक्ने डरलाग्दो रोगका कारण अकाल मृत्युको मुखसम्म लान सक्छ भन्ने कुरा स्विकार्नुहोस् । र त्यही स्वस्फूर्त स्विकारोक्तिका साथ गुटखा छाड्ने योजना तयार गर्नुहोस् ।

डा. इर्शादूल हक
Medical Officer at Om Hospital & Research Center Pvt. Ltd

तपाईंले लिएको प्रणले अब तपाईंलाई गुटखा सेवनको सट्टा के गर्ने भन्ने योजना बनाउन पनि सहयोग गर्नेछ । कुनै आइडिया दिमागमा निस्किन सकिरहेको छैन भने लाज नमानि परिवारका सदस्य, मिलनसार साथीभाईहरुसँग “म यो लत छाड्ने तयारी गरिरहेको छु, गुटखा खाने तलतल मेट्न बैकल्पिक तरिकाका लागि मलाई सहयोग गर्नुहोस” भनि सहयोग माग्नुहोस् ।

यदि तपाईं लामो समयदेखि गुटखा सेवन गर्दै हुनुहुन्छ भने सबैभन्दा राम्रो तरिका भनेको बिस्तारै-बिस्तारै यो बानीलाई कम गर्दै लैजानका लागि आफूलाई समय दिनुहोस् तथा ‘आफूले गुटखा छाड्नका लागि तय गरेको समय सीमामा गुटखा जसरी पनि छाड्नु छ’ भन्ने कुरालाई इखको रुपमा राख्नुहोस् । यसरी गुटखा छाड्नका लागि तपाईंले तय गरेको समय सीमा धेरै लामो भने हुनुहुँदैन, यो केही हप्ता अथवा एक महिनाभन्दा लामो तय नगर्नुहोस् ।

गुटखा छोडने कारण बुझ्नुहोस्
गुटखा छाड्नका लागि सर्वप्रथम केही कुराहरुको बुझ्नुहोस् कि तपाईंले किन गुटखा खाने लत छाड्दै हुनुहुन्छ…

गुटखा सेवन गर्नेहरुलाई मुखको क्यान्सर, पेटको क्यान्सर, घाँटीको क्यान्सर तथा अन्न खाने नलीको क्यान्सर प्रबल हुन्छ । यसबाट तपाईंलाई ह्रदयसँग सम्बन्धित रोगहरु समेत हुन सक्छ । जस्तैः हृदयघात (Heart Attack) ।

गुटखाको नियमित सेवनले दाँत पँहेलो हुने, कमजोर हुने तथा गिजा आफ्नो स्थानबाट भित्र सर्दै जान्छ । लगातार गुटखा सेवनको कारण दाँत समय भन्दा पहले कमजोर भएर छिट्टै टूट्न थाल्छ र मुखसँग सम्बन्धित रोगहरु लाग्दछ ।

गुट्खा खरिद गर्दा लाग्ने समय तथा सेवन गर्दा तपाईंको अवश्य पनि महत्वपूर्ण समय बर्वाद भइरहेको हुन्छ । गुटखा खरीद गर्नुको साटो तपाईं अब च्युइंग-गम अथवा टर्रो, अमिलो अथवा फरक स्वादका चकलेट खरिद गर्न थाल्नुहोस् र सेवन गर्नुहोस् । एउटा फरक कोशिस गर्नुहोस्, सक्दो त्यस्ता साथीहरुको सङ्गत नै नगर्नुहोस् जो गुटखा खान मरिहत्ते गर्छन् अथवा जो यसको लतमा फसेका छन् । बरु उनीहरुसँग भेट भइहालेमा गुटखा छाड्न सल्लाह दिनुहोस् ।

गुटखा खानाले तपाईंको सम्बन्धमा समेत समस्या आइपर्छ । यसका कारण तपाईंका आफन्त परिवारजनले गुटखा छोडनका लागि बारम्बार भनेका हुनसक्छन्, अथवा घरमा यसकै कारण झै-झगडा पनि परिरहन सक्छ । परिवारजन तथा प्रियजनका लागि तपाईंले यो सोच्नुपर्नेहुन्छ कि ‘अब मैले सक्दो चाँडो गुटखा छोड्नैपर्छ ।’ तपाईंले विहेवारी गरिसक्नुभएको छ र केटकेटी छन् भने जीवनसाथी बाहेक, तपाईंको केट्केटीका बारेमा सोच्नुहोस्, र ति माता-पिताका बारेमा सोच्नुहोस जसले तपाईंलाई जन्म दिनुभो । यि सबैमाथी तपाईंको जिम्मेवारी छन् नी हैन र?

गुटखा छोडनका लागि आफ्नो इच्छा/चाहनालाई नियन्त्रित गर्नुहोस्
कैंयन मानिसहरुलाई कुनै-कुनै स्थान या कामको समय गुटखा खाने इच्छा हुन थाल्यो । तेसोभए यो इच्छाको पहिचान तथा यसबाट छुटकारा पाउने कोशिस गर्नुहोस् । फरक-फरक मानिसहरुलाई कैंयन समयहरुमा गुटखा तथा अन्य नशालु खाने कुराहरुको इच्छा हुन्छ, जस्तैः मध्य रातमा उठ्दा या बिहान सुतेर उठेपछि, खाना खाइसकेपछि या खाना खानु अघि, सवारी साधन चलाइरहेको बेला समय, तनावको बेला, रिस उठेको बेला, कुनै कुराले मन दिक्क लागेको बेला, कोही अरुलाई धूम्रपान अथवा गुटखाजन्य बस्तु खाएको देख्दा, कफी या मदिरा पिउने समय, अन्तरङ सम्बन्ध पछि तथा टिभी हेर्दा या रेडियो सुनिरहेको बखत ।

यदि तपाईं दिनभरीमा कैंयन पटक गुटखा खाने गर्नुहुन्छ भने गुटखा सेवन गर्ने मात्रालाई बिस्तारै-बिस्तारै कम गर्दै जानुहोस् । तपाईंका ति साथीहरु जो गुटखा खाने गर्दछन् उनीहरुसँग उठबस कम गर्नुहोस् र गुटखा खान दिएमा सगर्व नाई भन्न सिक्नुहोस् । तपाईं नियमित जाने ति ठाउँहरु जहाँ गएर तपाईं गुटखा खरीद गर्नुहुन्थ्यो या ति ठाउँहरु जहाँ गुटखाजन्य सबै चीजहरु सजिलै पाइन्छन्, त्यहाँ पुग्नै छाडिदिनुहोस् । यस प्रकारले तपाईं आफ्नो इच्छामाथी नियन्त्रण राख्न सक्नुहुनेछ ।

यदि तपाईंलाई पुनः गुटखा खाने इच्छा भइरहेको छ भने आफ्नो परिवारजन अथवा यस्तो कूलतमा नरहेका साथीभाईहरुसँग सल्लाह लिनुहोस् । बिस्तारै-बिस्तारै गुटखाको मात्रालाई कम गरिसकेपश्चात अन्त्यमा यो सुनिश्चित अवश्य गर्नुहोस् कि जुन समय सीमाभित्र तपाईंले गुटखा छाड्ने सुनिश्चित गर्नुभएको थियो या संकल्प लिनुभएको थियो त्यस समयावधीभित्र गुटखा खान छोडियो कि छोडिएन ।

गुटखा छोडे पछि गर्ने के भन्ने कुरा तय गर्नुहोस्
गुटखा तपाईंको जीवनको एउटा यस्तो नराम्रो लत बनिदिन्छ, जसलाई छोड्न त्यति सजिलो छैन तर असम्भव छ हैन । जसरी खान सुरुवात गर्नुभएको थियो त्यसरी नै छाड्ने कुराको पनि कसरत गर्न सकिन्छ । यसका लागि यस्तो विषालू चिज खाने इच्छालाई नियन्त्रित गर्न समय त अवस्य पनि लाग्छ नै । जब तपाईंद्वारा गुटखा छाड्न निर्धारित गरिएको समय अन्त्य तिर आउछ, त्यसबखत तपाईं आफैसँग निम्नलिखित प्रश्न सोध्नुहोस् र आफैलाई यसको उत्तर दिनुहोस् । हामीले यो सूची यसकारण बनाएका छौं, जसको सहयोगमा तपाईंले गुट्खा छाड्न कति सफल हुनुभो भन्ने कुरा स्पष्ट पार्न सहयोग गर्नेछः

  1. के तपाईंले थोरै भएपनि गुट्खाको सेवन गरिरहनुभएको छ?
  2. के तपाई गुट्खा खाने इच्छालाई नियन्त्रित गर्न सक्षम हुनुहुन्छ?
  3. के तपाईं खुटखा छोड्नका लागि कुनै अन्य वैकल्पिक कुराहरुको प्रयोग गरिरहुनुभएको छ?
  4. के तपाईं पर्याप्त मात्रामा पानी तथा जूसको सेवन गरिरहनुभएको छ?
  5. के तपाईंले आफ्नो तयारी अनुसार गुट्खा छाड्नका लागि सही तरिकाले माथि भनिएका कुराहरुको पालना गरिरहनुभएको छ?
  6. के तपाईंले गुटखा खाने इच्छालाई बेवास्ता गर्न सकिरहनुभएको छ?
  7. के तपाईं त्यस्ता जमात अथवा व्यक्तिबाट टाढा हुनुहुन्छ, जो गुटखा खाने गर्दछन्?
  8. के तपाईं आफूलाई व्यस्त राख्ने गर्नुभएको छ, जस्तो कि व्यायाममा या अन्य तपाईंलाई मनपर्ने खेलकूदहरुमा?
  9. के बढी तलतल लागेको बखत गुट्खाको साटो कुनै अन्य खानेकुरा जस्तैः च्वींग-गम, चकलेटहरु खान थाल्नुभएको छ?
  10. के तपाईं ति परिस्थितिहरुबाट बच्ने कोशिश गरिरहनुभएको छ जसमा गुट्खाको तीव्र तलतल लाग्ने गर्दछ?

Loading comments...