
एलन मस्क विश्वको दोस्रो धनी व्यक्ति कसरी भए
१४ मंसिर २०७७, आईतवार २१:३१
काठमाडौं । एलन मस्क यो हप्ता विश्वको दोस्रो धनी भएका छन् । एलनको टेस्ला कम्पनी पाँच खर्ब डलरमा पुगे संगै उनी विश्वको दोस्रो धनी भएका हुन् ।
मानिसहरु यो खबरले खुसी संगै अचम्मीत भएका छन् । यस अघि विश्वको दोस्रो धनीको नाममा बिल गेट्सलाई लिइन्थ्यो ।
टेक्नोलोजी संग सम्वन्धीत बीबीसी टेक टेंट पोडकास्टले प्रश्न गरेका छन् ‘इलेक्ट्रिक कार निर्माण कम्पनीका लगानीकर्ताहरू के देखिरहेका छन् । जुन एक बर्ष पहिले देखाइएको थिएन ?’
किनकि २०२० को सुरुमा शेयर बजारले टेस्लालाई बिलियन डलरको महत्व दिएको थियो । त्यसबेला पनि यो भनिएको थियो ।
‘यो मूल्य विशेष रूपमा फाइदाजनक नभएको र व्यवसायको लागि भने बढी फाइदाजनक रहने बताएका थिए’। यस कम्पनीको सेयरहरू बर्षभरि बढ्दै गयो । त्यसपछि कम्पनीले बार्षिक पाँच खर्ब डलरको मूल्य पार गरिसकेको थियो ।
नाफाको बाटाेमा …
रिपोर्टहरूले S&P 500 सूचकांकले टेस्लालाई अग्रणी कम्पनीहरूमध्ये एक बनाउने बताएका थिए ।
टेस्लाको मूल्य अब टोयोटा, फोक्सवैगन, ह्युन्ड, जीएम र फोर्डको कुल लागत भन्दा S&P500 बढी हुन आउने बताएको छ।
टेक टेन्टले गणना गरेे अनुसार यी कम्पनीहरूले गत वर्ष ५० अर्ब डलरको कूल नाफा गरेका थियाे । र यी मध्ये केही अब कोरोना महामारीको कारण आर्थिक मारको सामना गरिरहेका छन्।
यसै समयमा टेस्ला यस वर्ष १ अर्ब डलर नाफाको बाटाेमा रहेको छ ।
यदि हामीले कम्पनीको मुल्यांकन हेर्यौं भने, यसको मतलब लगानीकर्ताहरूले निकट भविष्यमा ५० डलर फाइदा लिन सक्ने सम्भावना रहेको बताएका छन्।
अटो उद्योग
पैशन क्यापिटलका इलीन बर्बिजले, भनेका छन् “यसको मतलब यो मात्र हुन्छ। यस मूल्यमा शेयर किन्नेहरूले सोच्छन् कि! उनीहरुले यसलाई उच्च मूल्यमा बेच्न सक्षम हुने छन्।” तर, नयाँ कम्पनीहरूको मूल्यांकन गर्ने हो,भने जुन अझै टेस्ला भन्दा धेरै पहिलेको चरणमा छन्।
विश्लेषकहरूका अनुसार प्राय:जसो यो प्रक्रिया तर्कहीन पनि हुन्छ। किनकि, यो मूल्य निर्धारण बजारको मुडमा निर्भर गरिन्छ, कम्पनीको गुणस्तरमा मात्र होइन। टेस्लाका फ्यानहरू भन्छन्, कम्पनीले अटो उद्योगलाई नयाँ दिशा दिएको छ। तर यो कुरा २०२० को शुरुमा पनि साँचो थियो। जब कम्पनी ” 0 अर्ब डलर’मा थियो।
बार्बिज भन्छन्, “व्यापारमा त्यस्तो कुनै आधारभूत कुरा हुदैन, जसको आधारमा यो भन्न सकिन्छ। वर्षको सुरूमा यसबाट ५ गुणा बढी नाफा हुने छ।,”। तर,विश्लेषकहरू र लगानीकर्ताले केहि समयको लागि जुवा खेल्ने कुरामा जोडेको बताइरहेका छन्।
“बजार मौलिक तार्किक हो। मलाई लाग्छ यो कुरा गर्ने समय हो। खरीद दरहरूले महशुस गरे उनीहरूले आफ्नो सेयर बढी मूल्यमा बेच्न सक्ने छन् र उनीहरूले त्यस्तो सोच्नु पर्ने कारण छ।”
शेयर बजार
विश्लेषकहरूका अनुसार थोरै समयका लागि स्टक किन्दा वा बेच्नको लागि त्यहाँ अझ बहस गर्नु पर्दैन।
तपाईंलाई एउटा कथा थाहा होला जहाँ फ्लीट स्ट्रीट स्टकको रिपोर्टरले उनका सम्पादकलाई सोधेका थिए। किन बजार बढिरहेको छ। रिपोर्टरको जवाफ थियो, “त्यहाँ विक्रेता भन्दा बढी खरीददारहरू छन् ।
इलेक्ट्रिक कार कम्पनी टेस्ला
जस्तै १९४५ बरगंडीको बोतल वा पिकासोको पेन्टि। लन्डन वा सानफ्रान्सिस्कोको सानो फ्ल्याट जस्तो हो। त्यस्तै प्रकारले, टेस्लाको मूल्य निर्धारण समान पनि । किनकि, खरिदकर्ताले मूल्य भन्दा अधिक भुक्तानी गरिरहेका छन्, जे सुकै मूल्यहीन मूल्य किन नहोस्।
यद्यपि यस विषयमा एक विशेषज्ञले धेरै महिना अघि भनेका थिए । इलेक्ट्रिक कार कम्पनी टेस्लालाई थप शुल्क लगाइएको छ।
मे १ मा, उनले ट्वीट गरे, “टेस्लाको सेयरमा अति धेरै मूल्य निर्धारण गरिएको छ।” यो ट्विट गर्ने को थिए? भनेर अफिसरहरूमा हल्ला चलाउदाँ एलन मस्क स्वयं थिए । यस ट्विटले गर्दा उनको कम्पनीको १अर्ब डलर घाटामा पनि गह्यो।
यस ट्वीट पछि कम्पनीको मूल्यांकन पनि 1$ अर्ब डलरले घट्यो। तर, त्यस पछि सेयर मूल्य चार गुणा बढेको छ। तर,भविष्यमा के हुन्छ कसलाई थाहा छ?
बीबीसी हिन्दीबाट
अनुवाद : सुजन तिमल्सिना
याे पनि पढ्नुहाेस्
को हुन् इलोन मस्क ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिबद्धता
ओस्लो । युरोपियन मुलुक नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाएका २३ जनाकफ मृत्यु भएको छ । नर्वे न्युजका
ललितपुर । सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका-४ ठेगाना
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नांगै हुँदा पनि हाँसिरहेको भन्दै आश्चर्य प्रकट गरेका छन् । अनेरास्ववियूले