
राजसंस्थाको माग गर्दै माइतीघरमा प्रदर्शन (भिडियो)
१६ मंसिर २०७७, मंगलवार ०५:३५
काठमाडौं । राजसंस्थाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
राजतन्त्र पुनस्र्थापना, भ्रष्टाचारीलाई कारबाहीको मागसहित राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले सोमबार माइतीघरमा प्रदर्शन गरेको हो । समितीले नेपालको राष्ट्रिय झण्डा बोकेर काठमाण्डुका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरिरहेको छ ।
प्रदर्शन हुने भएपछि बबरमहल, सिंहदरबार, थापाथलीसहितका विभिन्न चोकमा सयौं प्रहरी तैनाथ गरिएको छ । यसअघि पोखरा, धनगढी, मकवानपुर, बुटबललगायतका क्षेत्रमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई