Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

सुतिरहेको अवस्थामा गोली प्रहार गरि हत्यामा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

१६ मंसिर २०७७, मंगलवार ०७:४९

रौतहट । माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनीया कुरुनीया बस्ने बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम असांरी, ३६ वर्षीय शेख ईम्प्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सिता देवी साह, परोहा नगरपालिका-४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् ।

आफ्नै माईतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा शौचालय गएको बेलामा ४/५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले अमृता कुमारीलाई गोली प्रहार गर्दा गत कात्तिक २६ गते उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबावमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका-३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृता माईती आई बसेको र २०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।
त्यसपछि अमृता र उनको प्रेमी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर मार्न बनाएको योजना असफल भएपछी पुन: अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिई गोली हानी अमृताको हत्या गर्न लगाएको खुल्न आएको छ ।
उनीहरू उपर रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ