विवाह बन्धनमा बाँधिदै रमेश प्रसाईं – एउटै मण्डपमा बाँधिनेछन् दुई जोडी


काठमाडौं । रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । प्रसाईंले कालीकोट महाबै गाउँपालिका–४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । रमेशका मित्र जीवन विष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत् बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् ।

रमेश प्रसाई तथा जीवन विष्ट दुवैले आ-आफ्नो जीवनसङ्गीनी पाएका छन्, बिहेबारीको गाँठो कस्दैछन् र यो बिहेबारीको जानकारी दिने निमन्त्रणा कार्ड नितान्त फरक छ । विष्टले सार्वजनिक गरेको निमन्त्रणा कार्डमा लेखिएको छ १४ वर्ष लामो हाम्रो मित्रताको उपज एउटै कार्ड छापी एउटै मण्डपबाट यसै महिनाको २२ गते सोमबार विवाह गर्ने सहमती भएको जानकारी गराएका छन् ।

दृष्टिविहिन प्रसाईं आफ्नो वाक कलाका कारण चिनिएका छन् ।

को हुन दुलही?

ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन्, नन्दा पनि दृष्टिविहीन हुन् र उनको सामाजिक छवी पनि उच्च छ । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन्। बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन्। संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ ।

त्यस्तै जीवन विष्टले धरान-५, देउरालीका सन्त बहादुर तामाङ तथा सरिता तामाङकी सुपुत्री जूनु तामाङसँग लगनगाँठो कस्नेछन् ।

https://www.facebook.com/zewan.bista.7/posts/1653956578109106


Loading comments...