याे वर्षका चर्चित १० पुस्तक


टाइम पत्रिकाले २०२० को सर्वश्रेष्ठ पुस्तकहरूको सूची जारी गरेको छ। जसमा भारतीय मूलका दुई महिला लेखकहरू -‘मेघा मजुमदार’ र ‘दीपा अनापरा’को उपन्यासहरू समावेश गरिएको छ।

पुस्तकहरूमा उपन्यास, छोटो कथा, रहस्य कथाहरू, इतिहास, राजनीति, संस्मरण, समाज र विज्ञानसँग सम्बन्धित विषयवस्तुहरूले सूचीमा स्थान पाएका छन्। जसमा स्थान पाएका दश पुस्तकहरूको बारेमा यहाँ छोटो जानकारी दिइएको छ। जसमा पहिलो पुस्तक ‘मेघा माजूमदार’को “अ बर्निंग” नामक पुस्तक रहेको छ।

१) अ बर्निंग – मेघा मजूमदार
भारतीय मुलुककि लेखिका मेघा माजुमदारको उपन्यासले भारतको वर्तमान तनावको विषयलाई चौंकाउने खाका बनाएको छ। उनले आफ्नो लेखनलाई तीन बिन्दुमा घुमाएकि छिन्।१.एक मुस्लिम महिला जसलाई आतंकवादको झूटा आरोप लगाइएको छ, २.उनको विवरण विरोधाभासपूर्ण छ जसलाई प्रतिवादमा प्रस्तुत गरिएको छ,३.एक शिक्षिकाले उनलाई सजाय दिन खोज्दै छन् ।

२) जिन्न पेट्रोल अन द पर्पल लाइन – दीपा अनप्परा
त्यसैगरी द्रोस्रो पुस्तक ‘दीपा अनप्परा’को “जिन्न पेट्रोल ऑन द पर्पल लाइन”नाम पुस्तक रहेको छ। यस पुस्तकमा अनाप्पपराले भारतको एउटा बेनामी शहरमा रहेकी ९ बर्षिया बच्चा जसको नाम जय रहेको छ। यहाँ जयको एक छिमेकी बेपत्ता रहेको बारेमा कथा लेखिएको छ। दुवै स्कूलमा सँगै अध्ययन गर्छन्।त्यसैगरी पुलिस बच्चाहरूको खोजीमा इच्छुक छैन। घूस दिए पनि काम गर्दैन। जय त्यसपछि आफ्नो साथीको लागि एउटा जासूस जस्तै खोजी गर्दछ।

३) होमलैंड एलिजीस – अयाद अख्तर
तेस्रो पुस्तक ‘अयाद अख्तर’को “होमलैंड एलिजीस” नामक पुस्तक रहेको छ। जसमापाकिस्तानी मूलुुकका अख्तरले षड्यन्त्रमा उनको जीवनको झलक प्रस्तुत दिएका छन्। तिनीहरू पाठकलाई अमेरिकामा तिनीहरूको वास्तविकतामाथि प्रश्नहरू गर्न चाहान्छन्,-आफ्नो पहिचान आफैं खोज्दै ।

४) अनफ्री स्पीच – जोशुआ वांग
चौथो पुस्तक रहेको छ ‘जोशुआ वांग’को “अनफ्री स्पीच” नामक पुस्तक रहेको छ। जसमा कलिलो उमेरमा चिनियाँ सरकारको प्रचारप्रसारको बिरूद्ध जनतालाई एकताबद्ध गर्ने अभियान चलायो। उनी अब Hong Kong मा प्रजातन्त्रको लागि संघर्ष गर्ने प्रमुख नेताहरू मध्ये एक हुन्। उनले आफ्नो हालको यात्रा किशोर किशोरीबाट राखेको छन्। जसलाई मार्वल कमिकहरू मन पराउँछन्।

५) हिटलर: डाउनफॉल – वोल्कर उलरिच
पाचौं पुस्तक रहेको छ ‘वोल्कर उलरिच ‘को पुस्तक “हिटलर: डाउनफॉल”। जसमा जर्मनी तानाशाहको आत्मकथा को दोस्रो खण्ड बताईएको छ ।कस्तो गिरावटको लागि जिम्मेवार प्रवृत्तिहरू, जस्तै सनकीवाद, सनसनी, धोखाधडी, अरूलाई सुन्न र सुन्न इन्कार गर्दा उसलाई शक्तिमा पुग्न मद्दत पुर्‍यायो। भन्ने कुराहरू समावेश छन्।

६) कास्ट-इसाबेल विल्करसन
त्यस्तै प्रकारले, छटौं पुस्तक ‘इसाबेल विल्करसन’को “कास्ट” रहेको छ। जसमा विल्करसनले नयाँ पुस्तकले अमेरिकामा रंगभेदको बलियो प्रणालीको अन्वेषण गरेका छन्। उनीले अमेरिका र कालोको उत्पीडन भारत र नाजी जर्मनीमा रहेको जातिवाद र जातिय भेदभाव ऐनामा देख्छिन्।

७) व्हाई वी स्विम – बोनी सुई
सातौं पुस्तक ‘बोनी सुई’को “व्हाई वी स्विम” नामक पुस्तक रहेको छ।जसमा पत्रकार सुईले मान्छेको चासो पाँच भागमा राखेको छिन्। जसमा १.बाँच्न बचाउने प्रयास, २.स्वास्थ्य, ३.सामाजिक अन्तरक्रिया,४. प्रतिस्पर्धा र ५.पानी प्रवाह। पुस्तकले पौडी खेल्न सम्बन्धित रोमाञ्चक र खुशीको विवरण दिएको पाइन्छ ।

८) द सेन्टिनल-लि एण्ड एन्ड्रु
आठौं पुस्तक ‘लि एण्ड एन्ड्रु’को “द सेन्टिन” नामक पुस्तक रहेको छ। जसमा एन्ड्रुले ज्याक रिचरको विषयमा केन्द्रित रहेर लखेका छन्। रिचर एकदमै आकर्षक र कामुक प्रहरी थिए। उनको छवि र उनलाई धेरैले किन आदर्श मान्थे भन्ने कुरा,साे पुस्तकमा उल्लेख गरिएको छ । उनी नरहे पनि उनको छवि कसरी मानिसकाे मनमस्तिष्कमा जीवित छ भन्ने कुरा उक्त पुस्तकमा उतारिएको छ।

९) डेथ सेट्स सेल- रोबिन स्टेभन
नवौं पुस्तक रहेको छ ‘रोबिन स्टेभन’ को”डेथ सेट्स सेल”।जसमा स्टेभनले पुस्तक मित्रतामा शत्रुता उत्पन्न भएपछि उत्पन्न हुने परिणाममा केन्द्रित रहेको र जासुसीका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ । अगस्ता क्रिष्टको डेथ अन नाइलबाट प्रेरित भएर यो पुस्तक तयार गरिएको समीक्षकहरूको भनाइ छ । मित्रतामा शत्रुता उत्पन्न भएपछि त्यसले निम्त्याउने खतरा र परिणामलाई पनि यसमा उतारिएको छ ।

१०) पुअर- क्यालेब फेमीले
दशौं पुस्तक ‘क्यालेब फेमी’ को “पुअर” नामक पुस्तक रहेको छ।जसमा कोरोना महामारीले निम्त्याएको गरिवी र यसमा काला वर्णका युवाहरूले गरेका सामाजिक संघर्ष, उनीहरूका पूरा हुन नसकेका सपनालगायतका कुरा यस पुस्तकमा समावेश गरिएको छ ।

एजेन्सी
अनुवाद : सुजन तिमल्सिना


Loading comments...