मिस यूनिभर्स नेपालः को को छन् उत्कृष्ट २४ मा? (सूची सहित)


काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही मंसिर १३ गते भएको एक समारोहमा मिस यूनिभर्स नेपालका राष्ट्रिय निर्देशक नगमा श्रेष्ठले उत्कृष्ट २४ को छनौटको घोषणा गर्नुभएको थियो ।

उक्त समारोहमा बोल्दै नगमा श्रेष्ठले भन्नु भयो, गएका २ हप्ता हामीले यस प्रतियोगितामा टाष्कहरुमा निकै स्तरीय सहभागिता भयोको पायौं । यसै गरी आफ्नो मनपर्ने प्रतियोगीलाई भोटिङ गर्ने क्रममा पनि हामीले प्रशंसकहरुको उल्लेखनीय साथ देख्यौं । हाम्रो उदेश्य भनेको यस प्रतियोगितालाई लोकतान्त्रिक बनाउनु हो र भोटिङबाट प्राप्त परिणामले सोही उदेश्यको परिपूर्ति भएको पुष्टि भएको छ ।

Congratulations to Miss Universe Nepal 2020’s Top 24.
You #BraveBoldBeautiful women have already made history. #RoadToMissUniverseNepal2020

1001 NISHA NEUPANE
1002 PARICHHYA BISTA
1005 RAJANI MISHRA
1006 ROZINA SHRESTHA
1008 SURABHI KHANAL
1009 ARUNI WAIBA
1012 NINA KANT MANDAL
1017 SUDATI SHRESTHA
1020 ROSE TAMANG
1028 SUJITA BASNET
1029 AISHWARYA KHATIWADA
1043 PRIYA HADA
1048 ANSHIKA SHARMA
1052 PRIYA SIGDEL
1057 JYOTI BHATTA
1062 TILU KULUNG RAI
1063 PRARTHANA BASNYAT
1065 ROSHANI KHATRI
1076 DIKTA THAPA
1084 AASTHA PANDEY
1094 ANGEL LAMA
1095 ARIKA RANABHAT
1096 PARAMITA RANA
1097 NANCY KHADKA

उहाँले थप भन्नु भयो, प्रतिभाको स्तरको कारण भोटिङको नतिजा निकै प्रतिस्पर्धात्मक रहेको कारणले गर्दा गत साता भनिए झै आज उत्कृष्ट १४ नभई उत्कृष्ट २४ को घोषणा गर्दैछौं । उत्कृष्ट २४ ले अब अझ निरन्तररुपमा ब्रेभ, बोल्ड र ब्युटिफूल हुन आवश्यक छ किनकि तपाईंलाई भोट गर्नेहरुले तपाईंलाई हेरिरहेका छन् ।

यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ ।


सम्बन्धीत समाचार

सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल


Loading comments...