
चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट, सीमामा नाकाबन्दीको स्थिति
१८ मंसिर २०७७, बिहीबार २१:४२
सिन्हवा नेट । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दीको स्थिति सृजना गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ ।
चालु आर्थिक वर्ष ०७७-७८ को पहिलो चार महिनाको अवधिमा नेपालको चीनसँगको व्यापार एक वर्षको अवधिलाई आधारमान्दा ठूलो गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापारको तुलनामा २५ प्रतिशत अर्थात ५०८ मिलियन अमेरिकी डलरले गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६८० मिलियन अमेरिकी डलरको व्यापार भएको थियो ।
सिन्हवा नेटमा प्रकाशितः Nepal’s trade with China drops 25 pct amid COVID-19 restrictions
चीन भारतपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।
“चीनको आयात कम हुन भनेको समग्र आयातमा परेको मन्दीको एक हिस्सा हो,” भन्सार विभागका महानिर्देशक सुमन दाहालले मंगलबार सिन्ह्वालाई भने ।
चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा नेपालको समग्र आयात १० दशमलव ६२ प्रतिशतले घटेर ३ दशमलव ३८ बिलियन अमेरिकी डलर पुगेको थियो । कोरोना महामारीले वैश्विक आपूर्ति श्रृंखलामा पुर्याएको अवरोधका कारण उक्त व्यापार घाटा बढेको बताइएको छ ।
दाहालले भने, “चीनसँगको व्यापारमा असर पारेको अर्को कारण स्थलमार्गबाट हुने चिनियाँ आयात ठप्पप्राय हुनु हो । तर भारतबाट हुने आयात भने स्थलमार्गबाटै निरन्तर भइरहेको छ ।”
रासुवागढी-केरुङ र तातोपानी नाका कोरोना महामारी भन्दै चीनले महिनौंसम्म नाकाबन्दी गरेपछि चिनियाँ आयात ठप्प भएको थियो । नेपालबाट चीनका मुख्य आयात हुने वस्तुहरू भनेको मोबाइल फोन, मेशिनरी, विद्युतीय वस्तुहरू, तयारी पोशाक र रासायनिक मल हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत