
स्याटलाइट तस्वीर जारी गर्दै सिएनएन (CNN) लेख्छ, “भुटानको भूमिमा संरचना बनाउँदै चीन”
हङकङ । विश्वसनीय समाचार स्रोत सिएनएनका अनुसार “चीनले छिमेकी मुलुकहरुको भूमि अतिक्रमण गर्ने गरेको प्रमाण थप फेला परेका सम्बन्धमा समाचार प्रकाशित गरेको छ ।” उक्त समाचारमा भारतसँग सीमा विवादका कारण समस्या सिर्जना गरेको चीनले भुटानको भूमिमा पनि संरचनाहरु बनाइरहेको बताइएको छ ।
समाचारमा मार्फत् जारी नयाँ स्याटेलाइट तस्बिरहरुमा देखाइए अनुसार चीनले भूटान र भारतको उत्तरपूर्वी क्षेत्रको विवादित क्षेत्र डोक्लाममा वस्ति सहितको संरचना निर्माण गरिरहेको दावी गर्दछ । सन् २०१७ मा चीन र भारतबीच एक महिना लामो युद्धको भएको उक्त क्षेत्र डोक्लाममा चीनले बनाउँदै गरेको संरचनाहरु स्याटलाइट तस्वीरमा देखाइएका छन् ।
Satellite images appear to show China developing area along disputed border with India and Bhutan https://t.co/Wgbe6vPQJs
— Bernadette Fry (@BernadetteFry18) November 25, 2020
अमेरिकास्थित उपग्रह अपरेटर म्याक्सार टेक्नोलोजीका अनुसार अक्टोबर २८, २०२० को तस्बिरहरूले देखाउँछ, “यस वर्ष तोरसा नदी उपत्यका क्षेत्रमा स्पष्ट रूपमा उल्लेखनीय निर्माण गतिविधि भइरहेका छन् ।” एक विज्ञप्तिमा म्याक्सारले डोक्कलाम क्षेत्र नजिकै “नयाँ सैन्य भण्डारण बन्कर” पनि निर्माण गरिएको जनाइएको छ ।
म्याक्सारले स्याटेलाइट तस्बिरहरुले भुटानको भूमिमा पाङ्डा गाउँ निर्माण गरेको छ । सन् २०१७ मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको बिन्दुमा चिनियाँ पक्षकले आपूर्ति डिपो बनाएको देखाइएको छ ।
एक विज्ञप्तिमा भारतका लागि भुटानी राजदूत मेजर जनरल वेत्सोप नामग्यायलले भने, “भुटान भित्र कुनै चिनियाँ गाउँ छैन ।”
चिनियाँ मन्त्रालयले भनेको छ, “चीनको आफ्नै क्षेत्रमा निर्माण गतिविधि पूर्णरूपमा चीनको सार्वभौमिकताको दायराभित्र गरिरहेको छ र कुनै गलत कामहरु गरेको छैन ।” भारतको विदेश मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
Photo Source: #MaxarTechnologies